मुख्य समाचार
ओपेनएआई र माइक्रोसफ्टविरुद्ध न्यूयोर्क टाइम्सले हाल्यो मुद्दा
ओपेनएआई र माइक्रोसफ्टविरुद्ध न्यूयोर्क टाइम्सले हाल्यो मुद्दा

— पछिल्लो समय चर्चामा रहेका लार्ज ल्यांग्वेज मोडलका च्याटबट तयार गर्न पत्रिकामा छापिएका लाखौं समाचार सामग्री अनुमतीबेगर प्रयोग गरिएको भन्दै अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले ओपेनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा हालेको छ ।

प्रतिलिपि अधिकार उल्लंघन भएको विषयमा न्यूयोर्क टाइम्सले बुधबार च्याटजीपीटी र कोपाइलटजस्ता एआई टूल निर्माता ओपेनएआई र ओपनएआईमै लगानी गरेको माइक्रोसफ्टविरुद्ध म्यानहाटन संघीय अदालतमा मुद्दा दायर गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । न्यूयोर्क टाइम्सले पत्रकारितामा गरेको उल्लेख्य लगानीको च्याटबट निर्माताहरूले ‘फोकटमा फाइदा उठाइरहेको’ भन्दै मुद्दा दायर गरेको हो ।


‘हाम्रा समाचार सामग्रीहरू हाम्रो जानकारीबेगर प्रयोग गरेर हाम्रै उत्पादनको प्रतिलिपि सामग्री तयार गरी हाम्रा पाठकलाई हामीबाट अलग्याउने पहल कुनै पनि हिसाबले रुपान्तणकारी अभ्यास होइन,’ न्यूयोर्क टाइम्सले भनेको छ, ‘हाम्रा महत्वपूर्ण सामग्रीहरू अवैध रूपमा नक्कल गरेर नैतिक एवं वास्तविक क्षति पुर्‍याएवापत प्रतिवादीहरूलाई अर्बौं डलरको दायित्व बहन गराउनुपर्छ ।’

करिब १७२ वर्षे इतिहास भएको द न्यूयोर्क टाइम्सले आफ्नो प्रतिलिपि अधिकार रहने कुनै पनि सामग्री प्रयोग गरेर तयार गरिएका च्याटबट मोडलको प्रशिक्षण डाटा नष्ट गर्न समेत आह्वान गरेको छ ।

यस विषयमा ओपेनएआईले भने कन्टेन्ट क्रिएटर र त्यसको स्वामित्व भएकाहरूको अधिकारलाई सम्मान गरेको प्रतिकृया दिएको छ । न्यूयोर्क टाइस्मसँगको संवाद सकारात्मक रहेको र रचनात्मक सहकार्यको अपेक्षा गरेको पनि ओपेनएआईले समाचार एजेन्सी रोयर्टससँग भनेको छ । मुद्दा पर्नु आश्चर्यको विषय भएको र त्यसले दु:खी बनाएको ओपेनएआईका अधिकारीहरूको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...