मुख्य समाचार
गाजामा सङ्क्रामक रोग फैलियो : संयुक्त राष्ट्रसंघ
गाजामा सङ्क्रामक रोग फैलियो : संयुक्त राष्ट्रसंघ

मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) ले मानवीय सहायताको अभाव र त्यसपछिको विनाशकारी नतिजा भोगेको गाजा पट्टीमा सङ्क्रामक रोग फैलिँदै गएको बताएको छ।

गाजामा रोग र माहमारी तीव्र भएको छ। विशेष गरी दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ।


एजेन्सीले बताए अनुसार प्यालेस्टिनी स्वास्थ्य प्रणालीलाई यसले थप जटिल बनएको छ। गाजा पट्टीका अधिकांश अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका छन्। लगभग १ लाख ८० हजार मानिसहरू श्वासप्रश्वासको संक्रमणबाट पीडित छन्।

त्यस्तै १ लाख ३६ हजारभन्दा बढी झाडापखालाबाट ग्रसित छन्। तीमध्ये आधा जनसङ्ख्या पाँच वर्ष मुनिका बालबालिका छन्।

यसबीचमा ५५ हजार ४०० जना स्क्याविस, ५ हजार ३३० जनालाई चिकेनपक्स, ४२ हजार ७००लाई छालाको सङ्क्रमण र १२६ जना मेनिन्जाइटिसबाट पीडित रहेको बताइएको छ।

स्रोतका अनुसार गाजामा १ करोड ९० लाख जनसङ्ख्याको लगभग ८५ प्रतिशत जनता आन्तरिक रूपमा विस्थापित भएका छन्। उनीहरू शरण खोज्न बारम्बार यताउता सर्न बाध्य छन्।
संयुक्त राष्ट्रसंघको कार्यालयले केरेम शालोम क्रसिङको आसपासमा भएका ठूला सुरक्षा घटनाहरूका कारण डिसेम्बर १७ मा 'करिडोर' आंशिक रूपमा पुन: खोलिएको थियो। तर बीच बीचमा यो अवरोध हुँदै आएको छ। इजरायल र गाजा बीचको यस क्रसिङबाट मानवीय सहायता विगत चार दिनमा रोकिएको थियो।

यद्यपि यस्तै जटिलताका बाबजुद खाद्यान्न र औषधिले भरिएका ८१ ट्रक इजिप्टको राफा क्रसिङ हुँदै शुक्रबार गाजा प्रवेश गरेको कार्यालयले जनाएको छ।

मानवीय सहायताको ढुवानीमा पनि थुप्रै चुनौतीहरूको सामना गर्नु परिरहेको छ। प्यालेस्टाइनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ राहत र कार्य एजेन्सीले इजरायली सेनाले तोकेको मार्गमा उत्तरी गाजाबाट फर्किरहेको सहायता ढुवानी यानमा पनि शुक्रबार गोलीबारी गरेको र एउटा गाडीमा क्षति पुगेको बताएको छ।

यसै बीच विश्व खाद्य कार्यक्रमले केही दिन अघि प्यालेस्टिनी एन्क्लेभले तीव्र खाद्य असुरक्षाको जोखिम मोलिरहकेको र यप बढ्दो क्रममा रहेको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...