मुख्य समाचार
नेपाली वायुसेवा कम्पनीसँग छन् ६८ जहाज, कुन कम्पनीसँग कति ?
नेपाली वायुसेवा कम्पनीसँग छन् ६८ जहाज, कुन कम्पनीसँग कति ?

। २३ अप्रिल १९४९ नेपालमा अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको हवाई उडानको इतिहास ७५ वर्षमा प्रवेश गरेको छ । यससँगै नेपालको वायुसेवा उद्योग समेत समृद्ध बन्दै गएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ७५ वर्ष अगाडि भारतीय राजदूतले नेपाल लिएर आएको ४ सिटे जहाजबाट नेपाली हवाई उद्योगको इतिहास सुरु भएको हो । आजसम्म आइपुग्दा सेड्युल उडान गर्ने नेपाली वायुसेवा कम्पनीसँग मात्रै ६८ वटा जहाज पुगेका छन् ।

यसमध्ये सबैभन्दा कान्छो कम्पनी हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान मात्र गर्दै आइरहेको छ । सबैभन्दा पुरानो कम्पनी नेपाल एयरलाइन्स र दोस्रो पुरानो कम्पनी बुद्ध एयरले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएका यती एयरलाइन्स र श्री एयरलाइन्सले आन्तरिक उडानमा दरिलो उपस्थिति जनाएका छन् । सीता एयर, तारा एयर, गुण एयर, समिट एयर र सौर्य एयरलाइन्स भने आन्तरिक उडानमा मात्र केन्द्रित देखिएका छन् ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स १ जुलाई १९५८ मा स्थापना भएको हो । बुद्ध एयरले ११ अक्टोवर १९९६ मा स्थापना भई सेवा दिइरहेको छ । यती एयरलाइन्स सेप्टेम्बर १९९८ मा स्थापना भएको हो । श्री एयरलाइन्स १७ अप्रिल १९९९ मा स्थापना भई सञ्चालनमा छ । हिमालय एयरलाइन्स भने ३१ मे २०१६ मा स्थापना भएको हो । सीता एयर ६ फेब्रुअरी २००३ मा स्थापना भएको हो । तार एयर १२ सेप्टेम्बर २००९ मा स्थापना भएको हो । गुण एयरलाइन्स २००९ मा स्थापना भएको हो । समिट एयर २४ फेब्रुअरी २०११ मा स्थापना भएको हो । सौर्य एयरलाइन्स १७ नोभेम्बर २०१४ मा स्थापना भएको हो ।



अहिले नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित ५५ वटा विमानस्थल निर्माण भइसकेका छन् । यसमध्ये ४२ वटा विमानस्थलको धावनमार्ग पक्की बनिसकेको छ । पक्की धावनमार्ग भए पनि कतिपय विमानस्थलमा भने नियमित उडान छैन । अहिले सञ्चालनमा नआई बन्द रहेका विमानस्थलको संख्या २० वटा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र सन् २०२३ को अक्टोवरसम्म ७० लाख २३ हजार ९०७ जना यात्रुले सेवा लिएका छन् । जसमध्ये ३६ लाख ७९ हजार ६०५ अन्तर्राष्ट्रिय र ३३ लाख ४४ हजार ३०२ जना आन्तरिक यात्रु रहेका छन् ।

हेलिकप्टरको संख्या ३३

नेपालमा सञ्चालित हेलिकप्टर कम्पनीसँग ३३ वटा हेलिकप्टर दर्तामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । सबैभन्दा धेरै श्री एयरलाइन्ससँग ८ वटा हेलिकप्टर दर्तामा छन् । सिम्रिक एयर र एयर डाइनेन्स्टीसँग ४/४ वटा हेलिकप्टर छन् । हेलि एभरेष्ट र कैलाश हेलिकप्टरसँग ३/३ वटा हेलिकप्टर रहेका छन् ।

प्रभु हेलिकप्टर, फिस्टेल एयर, अल्टिच्यूड एयर र माउण्टेन एयरसँग २/२ वटा हेलिकप्टर रहेको प्राधिकरणको तथ्यांक छ । मनाङ एयर, मुस्ताङ हेलिकप्टर र अन्नपूर्ण हेलिकप्टरसँग एक–एक वटा हेलिकप्टर रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै छ । लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि डेढ दर्जनभन्दा बढी ऐन खारेज, कम्पनी दर्तामा सहजीकरण, विदेशमा लगानी खुला, अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँचलगायत सुझावसहितको अन्तिम प्रतिवेदन आयोगले शुक्रबार पौडेललाई बुझाउन लागेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल अध्यक्ष रहेको आयोगले गत पुस २४ मा अर्थमन्त्री ...
— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रुपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए । संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकांक्षालाई ...
— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस ...
— चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ...
। अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ...