। सन् २०२४ मा हलिउडका प्रतीक्षित फिल्म हेर्न तयार हुनुस् । प्रशस्तै सिक्वेल, थ्रीक्वेल्स र प्रिक्वेल्स नयाँ वर्षमा प्रदर्शन तयारीमा छ । हलिउड हड्तालको कारण रोकिएका फिल्म आउने वर्ष प्रदर्शन हुँदैछन् ।
भेराइटी म्यागजिनले सन् २०२४ का प्रतीक्षित फिल्मको सूची र मिति सार्वजनिक गरेको छ । जसले यो लाइनअप रोचक हुने अनुमान गर्न सकिन्छ । १०० दिनभन्दा बढी चलेको हड्तालले गर्दा ठूला फिल्मको प्रदर्शनमा समेत ढिलाइ भएको थियो ।
सार्वजनिक सूचीको प्रदर्शन मितिमा केही हेरफेर हुनसक्छ । हलिउड फिल्मको नेपाल रिलिज मिति भारतीय वितरण कम्पनीमा निर्भर हुने भएकाले सोहीअनुसार नेपालको डेट तय हुनेछ ।
यस्तो छ सूची :
१. मिन गर्ल्स (जनवरी १२)
२. अर्जिल (फेब्रुअरी २)
३. मेडम वेब (फेब्रुअरी १४)
४. बब मार्ले : वान लभ (फेब्रुअरी १४)
५. ड्युन : पार्ट २ (मार्च १)
६. कुङ्फु पाण्डा ४ (मार्च ४)
७. घोस्टबस्टर्स : फ्रोजन अम्पायर (मार्च २९)
८. मिकी १७ (मार्च २९)
९. गोडजिला भर्सेस कङ : द न्यु अम्पायर (अप्रिल १२)
१०. सिभिल वार (अप्रिल २६)
११. च्यालेन्जर्स (अप्रिल २६)
१२. द फाल गाय (मे ३)
१३. ब्याक टु ब्ल्याक (मे १०)
१४. इफ (मे १७)
१५. फ्युरिओसा : अ म्याड म्याक्स सागा (मे २४)
१६. गारफिल्ड (मे २४)
१७. किङडम अफ द प्लानेट अफ द एप्स (मे २४)
१८. ब्यालेरिना (जुन ७)
१९. ब्याड ब्वाय ४ (जुन १४)
२०. इन्साइड आउट २ (जुन १४)
२१. द बाइकराइडर्स (जुन २१)
२२. अ क्वाइट प्लेस : डे वान (जुन २८)
२३. होराइजन : एन अमेरिकन सागा (२८ जुन, १६ अगस्ट)
२४. डेस्पिकेबल मी ४ (जुलाई ३)
२५. डेडपुल ३ (जुलाई २६)
२६. ट्रान्सफर्मस वान (सेप्टेम्बर १३)
२७. जोकर : फोली ए ड्युक्स (अक्टोबर ४)
२८. भेनम ३ (नोभेम्बर ८)
२९. ग्लाडिएटर २ (नोभेम्बर २२)
३०. द कराँते किड (डिसेम्बर १३)
३१. मुफासा : द लायन किङ (डिसेम्बर २०)
३२. स्पाइडरम्यान : बियोण्ड द स्पाइडर भर्स (डिसेम्बर)