मुख्य समाचार
जापान भूकम्प : कम्तीमा ३० जनाको मृत्यु
जापान भूकम्प : कम्तीमा ३० जनाको मृत्यु

— जापानमा सोमबार गएको शक्तिशालीमा भूकम्पमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । सोमबार इसिकावा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण जापानका विभिन्न ठाउँमा भवनहरू भत्किएका छन् भने केही ठाउँमा पहिरोसमेत गएको छ ।

त्यस्तै केही ठाउँमा आगलागीसमेत भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । २०० भन्दा बढी भौतिक संरचनामा लागेको आगो निभाइएको जापान टाइम्सले जनाएको छ ।

जापानमा करिब ५ वर्षपछि ७.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि स्थानीय प्रशासनले सुनामीको चेतावनी दिएको थियो । तटीय क्षेत्रबाट मानिसहरूलाई उद्धार गर्न पनि प्रशासनले निर्देशन दिएको थियो ।

मंगलबार भने उक्त चेतावनीलाई एडभाइजरीमा परिणत गरिएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले भूकम्प प्रभावित क्षेत्रका नागरिलाई तत्काल राहत तथा उद्धार गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् ...
: जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। झुटो कागजात ...
। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । २.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको ...
: जापानको अध्यागमनले दुई जना नेपालीलाई निष्कासन गरेको छ। जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा पुन र भुजेल रहेको स्रोतले बताएको छ। उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ। अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया, स्पेन, जर्मनी, ब्राजिल, मलेसिया, दुवई लगायतका मुलुकहरुले गैरकानुनी रूपमा आएका आप्रवासीलाई निष्कासन गरेका छन्। त्यसको मारमा नेपालीहरु ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको ...