मुख्य समाचार
नयाँ वर्षमा पनि गाजा युद्ध रोकिँदैन : इजरायल
नयाँ वर्षमा पनि गाजा युद्ध रोकिँदैन : इजरायल

— इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्धको युद्ध सन् २०२४ मा पनि जारी रहने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका हुन् ।

इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए । ‘सेनाले यो पूरा वर्ष थप कार्य र युद्धको आवश्यकतालाई बुझेर भावी योजना बनाउनुपर्छ,’ उनले भने । उनले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको द्वन्द्व अझ बढेको दाबी गरे ।


‘हामीले हाल गाजामा सेना परिचालन र रिजर्भ प्रणालीको योजनालाई पनि अनुकूल बनाउँदै छौं, केही रिजर्भका सेना यसै साता उनीहरूको परिवार र रोजगारीमा फर्किनेछन्,’ प्रवक्ता हगारीले भने, ‘यसबाट अर्थतन्त्रको बोझलाई उल्लेखनीय रूपमा कम गर्नेछ र उनीहरूलाई अर्को वर्षमा आगामी गतिविधिहरूका लागि शक्ति जम्मा गर्न सहयोग पुग्नेछ, लडाइँ जारी रहनेछ र उनीहरूको आवश्यकता अझै हुनेछ ।’

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसंख्या विस्थापित भएको छ । घेरामा परेको गाजापट्टीमा स्थानीय २० वर्षीय हमदान अबु अरबले सन् २०२४ राम्रो हुने आशा व्यक्त गरे । ‘हामी वर्षको अन्तिम दिन बाहिर जान्थ्यौं र आफ्नो समयको आनन्द लिन्थ्यौं तर यो नयाँ वर्षको पूर्वसन्ध्यामा क्षेप्यास्त्र र मानिसहरूको अवशेषहरू मात्र छन्,’ अबु अरबले भने ।

इजरायलले गाजामा लगातार आक्रमणमा दुई दर्जन व्यक्ति मारिएको र हमासले आधा रातमा रकेट आक्रमण गरेको पनि जनाएको छ । हमासले वर्षको सुरुआत इजरायलमा रकेट आक्रमण गर्दै यसलाई ‘नागरिकहरूको नरसंहारको प्रतिक्रिया’ भनेको छ । इजरायलले हमासलाई ध्वस्त पार्ने भन्दै कडा आक्रमण गर्दै आएको छ ।


यसले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ । इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २१ हजार ८ सय २२ जना मारिएका छन् । इजरायली सेनाका अनुसार गाजाभित्र हमासविरुद्धको युद्धमा उसका १ सय ७२ सैनिक मारिएका छन् ।

युद्धको सुरुआतमा इजरायलले घेराबन्दी गरेपछि गाजावासीहरूले खाद्यान्न, पानी, इन्धन र औषधिको चरम अभावको सामना गर्नु परिरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी नागरिकको ‘महामानवीय पीडा’ र ‘सामूहिक सजाय’ को निन्दा गरेका छन् । त्यस्तै विश्व स्वास्थ्य संगठनले भोक र संक्रामक रोगको चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...