मुख्य समाचार
इनकग्निटो मोडमा समेत प्रयोगकर्ताको निगरानी, ५ अर्ब डलर क्षतिपूर्ति दिन गुगल सहमत
इनकग्निटो मोडमा समेत प्रयोगकर्ताको निगरानी, ५ अर्ब डलर क्षतिपूर्ति दिन गुगल सहमत

लाखौं अमेरिकी प्रयोगकर्ताहरुको गोपनीयता उल्लंघन गरेको मुद्दामा गुगलले गल्ती स्वीकार गर्दै पाँच अर्ब डलर जरिवाना तिर्न सहमत भएको छ ।

गोपनीयताको लागि प्रयोग गरिने क्रोम ब्राउजरको इनकग्निटो मोडमा समेत प्रयोगकर्ताहरुका गतिविधिमाथि निगरानी गरेर गुगलले इन्टरनेट प्रयोगकर्ताको गोपनीयताको हनन गरेको भन्दै अमेरिकी ल फर्म बोइस शिलर फ्लेक्सनरले सन् २०२० मा गुगलविरुद्ध मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाको सुनुवाइ गरिरहेका ओकल्याण्ड जिल्ला न्यायाधीश यभोन गोन्जालेज रोजर्सले मुद्दाको फैसला तथा दुवै पक्षमा औपचारिक सम्झौताका लागि २०२४ को फेब्रुअरी ५ को पेसी तोकेका छन् ।

गुगलमाथि आफ्नै सेवा सर्त उल्लंघनको आरोप लगाउँदै बोइस शिलर फ्लेक्सनरले ठूलो संख्याका गुगल प्रयोगकर्ताहरुको तर्फबाट सन् २०२० मा मुद्दा दायर गरेको थियो । सुरुवातमा गुगलले उक्त अभियोग स्वीकार गरेको थिएन । गत वर्ष सन् २०२३ को सुरुमा पनि गुगलले अदालतमा यो मुद्दालाई अनावश्यक बताउँदै खारेजीको माग गरेको थियो ।



तर अघिल्लो सुनुवाइका क्रममा न्यायाधीश रोजर्सले गुगलको गोपनीयता सर्त वाचन गर्दै भनेका थिए, ‘यो एक ठूलो प्रश्न हो किनभने गुगलले इनकग्निटो मोडमा ब्राउज गर्दा प्रयोगकर्ताका डाटा एकत्रित नगर्ने बाध्यकारी कानूनी बाचा गरेको छ ।’

गुगलको गोपनीयता नीति तथा कम्पनीका अभिव्यक्तिहरु उद्धृत गर्दै उनले गुगलबाट आफ्नै सेवासर्तहरु उल्लंघन भएको बताएका थिए ।

क्रोम ब्राउजरको इनकग्निटो मोडले प्रयोगकर्ताको गोपनीयतालाई पूर्णरुपमा सुरक्षित राख्ने भन्दै गुगलले प्रचार गर्ने गरेको छ ।

यद्यपि धेरै प्रयोगकर्ताहरुको हवाला दिंदै ल फर्मले इनकग्निटो मोडको ब्राउजरमा इन्टरनेट चलाएर केही कुरा सर्च गर्दा समेत प्रयोगकर्ताहरुले तुरुन्तै त्यससँग सम्बन्धित सामानका विज्ञापनहरु देख्नु परेकोले गुगल तथा तेस्रो पक्ष विज्ञापनदाताहरुले इनकग्निटो मोडमा समेत प्रयोगकर्ताको जासूसी गर्ने गरेको बताएको थियो ।

उक्त मुद्दामा ५ अर्ब डलर क्षतिपूर्ति दिन गुगल सहमत भए पनि समझौताका नियम तथा सर्तहरु अहिलेसम्म तय भएका छैनन् । यद्यपि पछिल्लो सुनुवाइमा ल फर्मका वकिलले इनकग्निटो मोडमा समेत आफ्नो डाटा ट्रयाक गरिएका हरेक प्रयोगकर्तालाई गुगलले जनही ५ हजार डलर क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए ।

स्मरण रहोस् अमेरिकामा डिसेम्बर महिनामा गुगलले करोडौं डलर क्षतिपूर्तिका लागि सम्झौता गरेको यो दोस्रो घटना हो ।

डिसेम्बरको सुरुमा गुगलले प्रतिस्पर्धा कानुनको उल्लंघन गरेको मुद्दामा ७० करोड डलर क्षतिपूर्ति दिने सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...