— टर्किएले इजरायलको मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जनालाई पक्राउ गरेको छ । टर्किए प्रहरीले इजरायलको गुप्तचर सेवा मोसादका लागि जासुसी गरेको आशंकामा ३३ जनालाई पक्राउ गरेको एक मन्त्रीले बताएका छन् ।
इस्तानबुल अभियोजक कार्यालयको आतंकवाद र संगठित अपराध अनुसन्धान ब्युरोले सुरु गरेको अनुसन्धान पछि गिरफ्तार गरिएको हो । अनुसन्धानबाट संदिग्धहरूले टर्किएमा बसोबास गर्ने विदेशी नागरिकहरूविरुद्ध अपरेसनहरू सञ्चालन गर्ने योजना बनाएका पत्ता लागेको छ । जसमा आक्रमण र अपहरणसमेत समावेश छन् ।