मुख्य समाचार
अमेरिका बन्यो विश्वकै ठूलो फिल्म बजार, युनिभर्सल ठूलो स्टुडियो
अमेरिका बन्यो विश्वकै ठूलो फिल्म बजार, युनिभर्सल ठूलो स्टुडियो

। सन् २०२३ मा विश्व फिल्मको बक्स अफिसको नतिजाले केही नयाँ तथ्य प्रकाशमा ल्याएको छ । जसअनुसार अमेरिका पुनः विश्वकै ठूलो फिल्म बजार बनेको छ भने युनिभर्सल स्टुडियो विश्वकै ठूलो फिल्म स्टुडियो ।

बितेको वर्ष अमेरिकी फिल्म बजारको आकार ९ बिलियन डलर पुगेको कमस्कोरले उल्लेख गरेको छ । यद्यपि, अमेरिकी फिल्म उद्योगको समग्र आम्दानी कोभिड महामारीअघिकै तहमा अझै आउन सकेको छैन ।

सन् २०१९ अघि अमेरिकी फिल्म बजार ११ बिलियन डलर थियो । कमस्कोरका अनुसार सन् २०२३ को अमेरिकी घरेलु बक्स अफिस ९.०३ बिलियनदेखि ९.०५ बिलियन डलर पुगेको छ । यो तथ्यांक सन् २०११ को भन्दा २१ प्रतिशतले कम रहेको उल्लेख छ । २०११ मा बक्स अफिस आकार ११.४ बिलियन डलर थियो ।

सन् २०२३ मा चिनियाँ बक्स अफिसको आकार ७.७३ बिलियन डलर पुगेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । बितेको वर्ष चिनियाँ फिल्मको आम्दानीमा आक्रामक वृद्धि देखिएको उल्लेख छ । तर कोभिडको समयमा अमेरिकालाई उछिन्दै चीनको बक्स अफिस आकार शीर्षस्थानमा थियो ।

चाइना फिल्म एड्मिनिस्ट्रेसनको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा चिनियाँ बक्स अफिसमा ८३ प्रतिशतको सुधार भएको छ । अहिले पनि सन् २०१९ भन्दा १४.५ प्रतिशतले कमी छ । बितेको वर्ष हलिउड फिल्म ‘फास्ट एक्स’ चीनमा १३९ मिलियन डलर कमाउँदै सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ ।

युनिभर्सल पिक्चर्स सबैभन्दा ठूलो स्टुडियो

मारियो, ओपेनहाइमर र मेगनजस्ता फिल्मको भव्य कमाइको मद्दतमा युनिभर्सल पिक्सर्च सन् २०२३ मा विश्वकै ठूलो फिल्म स्टुडियो बनेको छ । यी तीन फिल्मबाट मात्र स्टुडियोले विश्वभर ४.९०७ बिलियन डलर कमायो । स्टुडियोले बितेको वर्ष कुल २४ फिल्म रिलिज गर्‍यो ।

सन् २०१५ पछि युनिभर्सल विश्व फिल्मको शीर्षस्थानमा आएको हो । त्यसपछि डिज्नीको दबदबा देखियो । सन् २०२३ मा भने मार्केट सेयरको आधारमा डिज्नी दोस्रो स्थानमा खुम्चिएको छ ।

बितेको वर्ष गार्जियन्स अफ द ग्यालेक्सी भोल्युम ३, इण्डियाना जोन्स एण्ड डायल अफ द डेस्टिनी, द लिटल मर्मेडसहितका १७ फिल्मबाट डिज्नीले विश्वव्यापी ४.८२७ बिलियन डलर कमायो ।

विश्वमा धेरै कमाउने उत्कृष्ट तीनको सूचीमा यसपटक डिज्नी देखिएन । बार्बी (१.०४ बिलियन), सुपर मारियो ब्रोस (१.३ बिलियन) र ओपेनहाइमर (९५० मिलियन) कमाइ रह्यो । डिज्नी विश्व फिल्मको शक्तिकेन्द्र रहनेछ तर सन् २०२३ मा यसका फिल्मले दर्शकको आशा पूरा गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...