— भारतले साढे एक दिन तथा ५ सय ४२ बल मात्र चलेको टेस्टमा बिहीबार दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ । जितका लागि ७९ रनको लक्ष्य पाएको भारतले तीन विकेट गुमाएर त्यसलाई आत्मसात् गरेको थियो ।
स्पष्ट विजेतो निस्केको यो नै टेस्ट इतिहासको अहिलेसम्मकै सबैभन्दा छोटो खेल हो । टेस्टका पहिलो दिन दक्षिण अफ्रिका आफ्नो पहिलो इनिङ्समा ५५ रन बनाएर अलआउट भएको थियो ।
दोस्रो दिन विहान दक्षिण अफ्रिका फेरि १ सय ७६ रन बनाएर अलआउट भएको थियो । त्यसमा एडेन मारक्रमले १ सय ६ रनको शतकीय इनिङ्स भने खेले । यो जितसँगै शृंखला १–१ को बराबरीमा पुगेको छ ।
यसअघि सन् १९३२ मा अस्ट्रेलियाले ६ सय ५६ बल मात्र चलेको मेलबर्न टेस्टमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।