मुख्य समाचार
पैसा धेरै भएपछि चार दिनमा बजारबाट सवा ७५ अर्ब रुपैयाँ तानियो
पैसा धेरै भएपछि चार दिनमा बजारबाट सवा ७५ अर्ब रुपैयाँ तानियो

— बजारमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले निरन्तरजसो बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा पछिल्ला चार दिनमा मात्र निक्षेप संकलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ बजारबाट तानेको हो ।

उल्लिखित रकममध्ये ५५ अर्ब २५ करोड रुपैयाँ तानिसेकेको छ भने बाँकी २० अर्ब रुपैयाँ आज बिहीबार तान्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । यो रकम पनि तानेपछि पछिल्ला चार दिन (यही पुस १६, १७, १८ र १९ गते) गरेर सवा ७५ अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ ।

हालको नीतिगत व्यवस्थाअनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा कम रहँदा राष्ट्र बैंकले बजारबाट पैसा तान्नु पर्छ । अहिले अन्तरबैंक दर २.८० प्रतिशत हाराहारीमा छ । बुधबारको बोलकबोल अनुसार निक्षेप संकलनको भारित औसत ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । सोही दिन बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.११ प्रतिशत र न्यूनतम २.५९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...