मुख्य समाचार
यु-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा, गुल्शन झा पनि समेटिए
यु-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा, गुल्शन झा पनि समेटिए

: नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ विश्वकपको लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। यसअघि यु-१९ एसिया कपसमेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा पनि टोलीमा समेटिएका छन्।


टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।

अफ्रिकामा हुने प्रतियोगितामा नेपाल समूह डीमा रहेको छ। नेपालले विश्वकपमा अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्डसँग खेल्नेछ नेपालले आफ्नो पहिलो खेल २१ जनवरीमा न्युजिल्याण्डसँग खेल्नेछ भने दोस्रो पाकिस्तानसँग २४ जनवरी र अफगानिस्तानसँग २६ जनवरीमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...