मुख्य समाचार
यौन अपराधका फैसला सुनाउँदा न्यायाधीशले 'नैतिकता नछाँटून्' : भारतीय सर्वोच्च अदालत
यौन अपराधका फैसला सुनाउँदा न्यायाधीशले 'नैतिकता नछाँटून्' : भारतीय सर्वोच्च अदालत

— भारतीय सर्वोच्च अदालतले न्यायाधीशहरूलाई यौन अपराधका मुद्दामा फैसला सुनाउने बेलामा नैतिकताको पाठ नसिकाउन चेतावनी दिएको छ । कोलकाता उच्च अदालतको एउटा फैसलामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले यौनसँग जोडिएका नैतिकता तथा युवा-युवतीबाट आदर्श व्यवहारको अपेक्षा गर्दै फैसला गर्दा 'गलत सन्देश' प्रवाह हुने बताएको हो ।


कोलकाता उच्च अदालतले हालै गरेको एउटा फैसलामा किशोरीहरूले आफ्नो यौन इच्छालाई नियन्त्रणमा राख्नुपर्ने, आफ्नो शरीरको अस्मिताको रक्षा गर्नुपर्ने बताएको थियो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अभय एस ओका र उज्जल भुयनको इजलासले न्यायाधीशहरू संविधान र कानुनको सिद्धान्तअनुसार चल्नुपर्ने बताएको हो ।

इजलासले यौन अपराधसँग जोडिएको विषयमा नैतिकतासम्बन्धी ज्ञान र सल्लाह नदिन पनि न्यायाधीशहरूलाई भनेको छ । इजलासले भनेको छ, 'यस प्रकारको फैसला लेख्नु भनेको गलत सन्देश प्रवाह गर्नु हो । यस्तो फैसला सुनाएर आखिर न्यायाधीशहरूले के सिद्धान्त दिइरहेका छन् ?'

सर्वोच्च अदालतले कोलकाता उच्च अदालतको अक्टोबर १८ को फैसलालाई स्वत: संज्ञानमा लिएको हो । निकै नै विवादित भएको उक्त फैसलामा भनिएको थियो, 'दुई मिनेटको यौन आनन्दका लागि शरीर समर्पण गर्दा समाजमा किशोरीहरूको इज्जत समाप्त भएको छ ।' सर्वोच्च अदालतले यस टिप्पणीलाई 'समस्याग्रस्त' मात्र भनेको छैन, उक्त फैसलामा लागू कानुनी सिद्धान्तबारे पनि प्रश्न उठाएको छ ।

न्यायाधीश ओकाले भनेका छन्, 'यो केवल टिप्पणीका बारेमा मात्र होइन, अदालतको निष्कर्षका बारेमा पनि हो । यस्तो फैसला लेख्नु बिल्कुल गलत हो । न्यायाधीशहरूले कस्तो सिद्धान्त देखाउन खोजेका हुन् ।' बहसका लागि पश्चिम बंगाल सरकारका तर्फबाट उपस्थित भएका वरिष्ठ अधिवक्ता हुजेफा अहमदीले इजलासमक्ष , ' सम्मानित इजलासले जुन अनुच्छेदलाई पुन: प्रस्तुत गर्नु भएको छ, त्यसबाहेक अर्को पनि हेर्नुहोस् न...' भनेका थिए ।


त्यसको जवाफमा न्यायाधीश ओकाले भने, 'प्रत्येक अनुच्छेद समस्याग्रस्त छन् । हामीले सबै अनुच्छेदलाई चिह्नित गरेका छौँ ।' त्यसपछि अहमदीले भने, 'यो भयानक समस्या हो । त्यही भएर नै राज्य पुनरावेदनमा छ ।'

त्यस्तै एमिकस क्युरीका रूपमा उपस्थित वरिष्ठ अधिवक्ता माधवी दिवानले पनि कोलकाता उच्च अदालतले किशोर-किशोरीबीचको सम्बन्ध नहुँदा पनि उक्त टिप्पणी दिनु पूर्ण रूपमा गलत भएको बताइन् । उनले भनिन्, 'ती पुरुष घटनाका बेलामा किशोर पनि थिएनन् ।' अहमदीले घटनाका बेला पुरुष २५ र किशोरी १४ वर्षको रहेको बताए ।

नाबालिगसँग शारीरिक सम्बन्धका बारेमा २५ वर्षीय पुरुषको सजाय उल्टाउँदा गरेको टिप्पणी निकै विवादित बनेको थियो । कोलकाता अदालतको टिप्पणी यस्तो थियो, 'प्रत्येक किशोरीको कर्तव्य र दायित्व निम्नानुसार छन् : १. शारीरिक अखण्डताको रक्षाको अधिकार, २. आफ्नो गरिमा र आत्मसम्मानको दायित्व, ३. लैंगिक व्यवधानहरूलाई चिर्दै समग्र विकासका लागि प्रयास गर्ने, ४. किशोरीहरूको समाजमा इज्जत समाप्त भइरहेका बेला मुस्किलले २ मिनेटको यौन आनन्दका लागि यौन इच्छाहरूलाई नियन्त्रण गर्ने, ४. शारीरिक स्वायत्तता र गोपनीयताको रक्षा ।'

तल्लो अदालतले २० वर्षको जेल सजाय सुनाएपछि २५ वर्षीय पुरुष उच्च अदालतमा पुनरावेदनमा गएका थिए । 'धर्मो रक्षति रक्षितः' को सिद्धान्त उद्धरण गर्दै अदालतले फैसलाका क्रममा किशोर-किशोरीका विशेष कर्तव्यहरूका बारेमा चर्चा गरेको थियो ।

यसअघि इलाहाबाद उच्च अदालतको लखनऊ इजलासले यस्तै विवादित फैसला गरेको थियो । बलात्कार मामिलामा अदालतले ज्योतिष विभागलाई एक महिलाको कुण्डली जाँच गर्न निर्देशन दिएको थियो ।

महिला मांगलिक हुन् वा होइनन् भन्ने कुरा पत्ता लगाउनका लागि अदालतले उक्त आदेश दिएको थियो । उक्त प्रकरणमा पनि सर्वोच्च अदालतले बलात्कार मामिलामा गुण-दोषका आधारमा सुनुवाइ गर्न निर्देशन दिएको थियो । बलात्कार घटनामा महिला मांगलिक हुनु र नहुनुले कुनै अर्थ नराख्ने पनि सर्वोच्चको भनाइ थियो ।

-लाइभ ल डट इनको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...