मुख्य समाचार
सन्दीप लामिछानेको भविष्यलाई लिएर क्यान कसरी अगाडि बढ्छ, पुस २५ पछि भन्छौं : पारस खड्का
सन्दीप लामिछानेको भविष्यलाई लिएर क्यान कसरी अगाडि बढ्छ, पुस २५ पछि भन्छौं : पारस खड्का

: नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछानेको विषयमा पुस २५ गतेपछि मात्रै धारणा सार्वजनिक गर्ने भएको छ।


क्यानका सचिव पारस खड्काले सन्दीप लामिछानेको मुद्दाका विषयमा अदालतमा पेसी तोकिएकाले पुस २५ पछि मात्रै क्यानको धारणा सार्वजनिक गर्ने बताए।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले सन्दीपको भविष्यका विषयमा कानुनी सल्लाहकारको सुझावअनुसार अगाडि बढ्ने बताए।

'सम्मानित अदालतले सन्दीपको विषयमा पुस २५ गते पेसी तोकेको छ। अदालतको ठोस कुरा नआएसम्म हामी केही बोल्दैनौं,' उनले भने, 'अदालतको आदेशपछि क्यानको कानुनी सल्लाहकारको सुझावअनुसार सन्दीपको भविष्यलाई जोडेर क्यान कसरी अगाडि बढ्छ भनेर धारणा सार्वजनिक गर्छौं।'

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। त्यसको सजाय तोक्ने विषयमा भने पुस २५ गते पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...