मुख्य समाचार
नेपाल यू–१९ टोली आज दक्षिण अफ्रिका जाँदै
नेपाल यू–१९ टोली आज दक्षिण अफ्रिका जाँदै

— नेपाल यू–१९ क्रिकेट टोली विश्वकप खेल्न दक्षिण अफ्रिका जाँदैछ । नेपाल यू–१९ टोली शुक्रबार साँझ ५.३० मा कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने कार्यक्रम छ । नेपालले यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउन लागेको हो । सन् २०१६ यता भने नेपाल पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको हो ।

दक्षिण अफ्रिकामा भने नेपालले पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २००० मा श्रीलंका, २००२ मा न्युजिल्यान्ड, २००४ मा बंगलादेश, २००६ मा श्रीलंका, २००८ मा मलेसिया, २०१२ मा अस्ट्रेलिया र २०१६ मा बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो ।

नेपालले जोहानेसबर्गमा एक साता हाइ पर्फोमेन्स क्याम्प बिताउने तथा सोक्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग जनवरी ९ र ११ मा गरी दुई प्रशिक्षण म्याच खेल्ने छ । त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले व्यवस्थापन गरेको अर्को दुई अभ्यास खेल नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ ।

यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुँदैछ । नेपाल समावेश समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् र यो समूहको सबै खेल इष्ट लन्डनमा आयोजना हुनेछ । नेपालले जनवरी २१ मा न्युजिल्यान्डसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्दैछ । त्यस्तै जनवरी २४ मा पाकिस्तान र जनवरी २६ मा अफगानिस्तानसँग खेल्दै छ ।


नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ विश्वकप खेल्न जान लागेको नेपाली यू–१९ टोलीलाई बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का, सदस्य दुर्गाराज पाठकले नेपाली टोलीको बिदाइ गरेका थिए ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्शन झा, दीपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा ‘ए’, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् । तीब्र बलर हेमन्त धामी ४ दिन अगाडि घाइते भएपछि उनी दक्षिण अफ्रिका जाने टोली बाहिरिएका छन् ।

जगत टमाटा प्रशिक्षक रहेको नेपाली टोलीमा धीरेन्द्र चन्द (बलिङ प्रशिक्षक), रवि थापा (एनालिष्ट), पुरन तिरुवा (फिजियो) र विक्रम चन्द व्यवस्थापक रहेका छन् । प्रशिक्षक टमाटाले नेपाली टोली यू–१९ विश्वकप खेल्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...