ओलम्पिक कमिटीसँग चिनियाँ प्रतिनिधिको शिष्टाचार भेट
ओलम्पिक कमिटीसँग चिनियाँ प्रतिनिधिको शिष्टाचार भेट

— चीनको चेचियाङ प्रान्तको खेलकुद प्रतिनिधिहरूले शुक्रबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेका छन् ।


सातदोबाटोस्थित कमिटीको प्रधान कार्यालयमा भएको भेटमा दुई पक्षबीच सहयोग र सहकार्यको आदानप्रदान गर्नेबारे छलफल भएको थियो । चेचियाङ प्राप्तको प्रमुख सहर हाङचाउले हालै मात्र एसियाली खेलकुदको आयोजना गरेको थियो ।

त्यस अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हाङचाउले सफलतापूर्वक एसियाली खेलकुदको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै चीनले नेपाली खेलकुदको विकासमा लामो समयदेखि लगातार सहयोग गर्दै आएको बताए । चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख चेङ याउले एसियाली खेलकुदमा नेपालको उत्साहबर्धक सहभागिताका लागि धन्यवाद व्यक्त गरे ।

सहभागितको आधारमा विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा आयोजना भएको हाङचाउ एसियाली खेलकुदलाई अहिलेसम्मकै सफल मानिएको छ । त्यस प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो । याउ हाङचाउ एसियाली खेलकुद आयोजना कमिटीका उपसचिव हुन् । यस्तै उनी चेचियाङ प्राप्तको खेलकुद ब्युरोका निर्देशकसमेत हुन् ।

उनले आफ्नो प्रान्त नेपालीको विकासका लागि सहयोग गर्न सधैं तयार रहेको बताउँदै दुई पक्षबीच प्रतियोगिता र प्रशिक्षणका लागि खेलाडी आदानप्रदान गर्ने प्रस्ताव पनि राखे । उनले आफूहरू नेपालमा ड्रायगन–बोट खेलको प्रवर्द्धन र विकास गर्न पनि तत्पर रहेको बताए । दक्षिण चीनमा यो खेल निकै लोकप्रिय रहेको र चीन अहिले यसको प्रचार प्रसारमा रहेको छ ।


चिनियाँ प्रतिनिधि मण्डलमा चेचियाङ कलेज अफ स्पोर्ट्सका डिन मेङ ग्वालियाङ, चिनह्वा म्युनिसिपालिटी ब्युरो अफ स्पोर्टसका सचिव हे चिचुन, लिसुइ स्पोर्ट्स डेभलपमेन्ट सर्भिस सेन्टरका निर्देशक हाङ योङह्वा र चेचियाङ कलेज अफ स्पोर्ट्सका उपनिर्देशक टोङ युकोङ समावेश रहेका थिए । त्यस अवसरमा ओलम्पिक कमिटीका प्रमुख पदाधिकारी पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...