: आइसीसी टी-२० विश्वकपमा नेपालले समूह डीमा परेको छ। आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह डीमा रहँदै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने भएको हो।
नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग, तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र अन्तिम खेल जुन १६ मा बंगलादेशससँग खेल्नेछ। नेपालले दुई खेल वेस्ट इन्डिज र दुई खेल अमेरिकामा खेल्ने आइसीसीले जानकारी दिएको छ।
भारत-पाकिस्तान एउटै समूहमा
आइसीसीले टी-२० विश्वकपमा पुगेका २० टोलीलाई चार समूहमा विभाजन गरेको छ। समूहमा एमा भारत र पाकिस्तानसँगै, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन्। त्यस्तै समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् भने समूह सीमा न्युजील्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्।