मुख्य समाचार
इजरायलको दाबी- उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त
इजरायलको दाबी- उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त

। इजरायलले उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना नष्ट गर्ने अभियान पूरा भएको जनाएको छ । अब गाजा क्षेत्रको मध्य र दक्षिणी क्षेत्रमा हमासलाई समाप्त पार्ने अभियान सुरु गर्ने इजरायलले जनाएको छ ।

गत ७ अक्टुबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै हमासलाई समाप्त पार्ने अभियान सुरु गरेको थियो । सोही क्रममा हवाई तथा स्थल आक्रमण गरेर इजरायलले उत्तरी गाजा क्षेत्र तहसनहस बनाएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले शनिबार मिडियाहरुसँग भनेका छन्, ‘उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त पार्ने काम पूरा भएको छ । प्यालेस्टिनी समूहका सदस्यहरु अब कमाण्डरविना छिटफुट रुपमा मात्र केही क्षेत्रमा काम गरिरहेका छन् ।’

हमासले ७ अक्टुबरमा इजरायलमाथि एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार १४० जनाको मृत्यु भएको थियो । हमासले नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक बनाएको थियो । केहीलाई हमासले मुक्त गरे पनि विपिनसहित १३२ जना अझै हमासको नियन्त्रणमा रहेको बताइएको छ ।



सो आक्रमणबाट क्रुद्ध भएको इजरायलले हमासलाई निमिट्यान्न पार्ने कसम खाँदै अन्धाधुन्द आक्रमण सुरु गरेको थियो । इजरायलको आक्रमणबाट २२ हजार ७०० जनाभन्दा धेरै व्यक्तिको मृत्यु भएको गाजा क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिनेहरुमा अधिकांश महिला तथा बालबालिकाहरु छन् । इजरायलको आक्रमणबाट कयौं विस्थापित भएका छन् ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले गाजाको उत्तरी क्षेत्रमा सैन्य अभियान सफल भएको भन्दै अब मध्य र दक्षिणी क्षेत्रमा सैन्य अभियान सुरु हुने र त्यो फरक तरिकाको हुने बताएका छन् ।

उनले भने, ‘मध्य गाजा क्षेत्रको शरणार्थी शिविर आतंकवादीहरुबाट भरिएको छ । दक्षिणमा खान युनिसमा भूमिगत सुरुङको सन्जाल छ । यसलाई समाप्त पार्न समय लाग्छ । हामी यसलाई अलग तरिकाबाट गर्ने छौं ।’

गत शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा इजरायलका लागि फेरि कहिल्यै खतरा नबनोस् भन्दै हमासलाई समाप्त पार्दै हमासको नियन्त्रणमा रहेका सबैलाई सुरक्षित तरिकाले मुक्त गराउन आफ्ना सेनालाई निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘जबसम्म हाम्रो लक्ष्य हासिल हुँदैन, तबसम्म युद्ध रोकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...