मुख्य समाचार
कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी
कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी

: बङ्गलादेशमा आइतबार हुने १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताको २९९ प्रतिनिधि (सांसद) चुन्नका लागि आइतबार बिहानैदेखि मतदान सुरू भएको छ।


प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्ने विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सहितका केही दलले आइतबारको मतदान बहिस्कार गर्ने घोषणा गरेका छन्।

आइतबार बिहान ८ बजेपछि जारी निर्वाचनका लागि ४२ हजारभन्दा बढी मतदान केन्द्रहरू निर्धारित गरिएको छ। अपरान्ह् ४ बजेसम्म मतदान केन्द्रभित्र लाइनमा पुगेका मतदाताले साँझ अबेरसम्म पनि मतदान गर्न पाउनेछन्।

यो निर्वाचनका लागि कूल ११ करोड ९६ लाख व्यक्ति मतदान गर्न योग्य रहेका छन्। निर्वाचन आयोगका अनुसार लगभग करिब १२ करोड योग्य मतदाताहरू मध्ये झण्डै आधा महिलाहरू छन् । पहिलो पटक मतदानका लागि योग्य बनेका मतदाताहरूको सङ्ख्या लगभग एक करोड ५० लाख रहेको छ।

अल जजिराका अनुसार प्रमुख विपक्षी दल बीएनपीको अनुपस्थितिमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने अपेक्षा गरिएको छ। मतदानको प्रारम्भिक परिणाम सोमबार बिहानसम्म आइसक्ने बताइएको छ।

बीएनपीले शनिबारदेखि नै हिंसा र प्रदर्शनकारीहरूमाथिको दमनका बीच ४८ घण्टे राष्ट्रव्यापी हडताल सुरु गरेको छ। सर्वोच्च अदालतले गत पुस ५ गते निर्वाचन आयोगलाई निर्वाचन अघि बढाउन अनुमति दिएको थियो।

ढाका ट्रिब्यूनको रिपोर्टअनुसार स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सुरक्षा चिन्तालाई उजागर गर्दै बङ्गलादेशभरका निजी अस्पताल र क्लिनिकहरूलाई स्वास्थ्य सेवाहरू सञ्चालन गर्न र शनिबारदेखि बुधबारसम्म आपतकालीन अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएको छ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा २७ दल र स्वतन्त्रसमेत गरी कूल एक हजार ५०० उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...