मुख्य समाचार
हलिउडबाट प्रेरित हुँदै बलिउड पटकथा लेखकहरु पनि आन्दोलनको तयारीमा
हलिउडबाट प्रेरित हुँदै बलिउड पटकथा लेखकहरु पनि आन्दोलनको तयारीमा

असमान व्यवहार तथा सम्झौताविरुद्ध हलिउडको सात महिने सफल आन्दोलनबाट प्रेरित हुँदै बलिउडमा पनि अनुचित सम्झौताविरुद्धको लडाइँको तयारी भइरहेको छ । पटकथा लेखकहरुप्रति अन्याय भएको भन्दै बलिउड अन्यायविरुद्ध लड्ने तयारीमा लागेको हो ।

हलिउडको राइटर्स गिल्ड अफ अमेरिका झैं बलिउडमा पनि स्क्रिन राइटर्स एसोसियसन छ । बलिउडको यस संस्थामा करिब ५५ हजार सदस्य छन् । चलचित्र निर्माताको स्वार्थअनुसार चल्न पटकथा लेखकलाई बाध्य पारिने र निकै कम पारिश्रमिकमा काम लगाउने क्रम बढ्दै गएपछि बलिउडका पटकथा लेखकहरु त्यसविरुद्ध उत्रिने तयारीमा छन् ।

‘धेरै सम्झौताहरु एकतर्फी रुपमा तोडिन्छन् र नयाँ आउनेहरुलाई निकै नै शोषण गरिन्छ । पटकथाको मस्यौदाको शुल्क नै नपाउने मात्रै होइन निर्माताले स्वीकृत गरेको पटकथामा लेखकको नाम समावेश गर्ने वा नगर्ने निर्णय पनि निर्माताले लिने गर्छन्,’ स्क्रिन राइटर्स एसोसियसन (एसडब्लूए)का वरिष्ठ सदस्य अन्जुम राजाबली बीबीसीसँग भन्छन् ।

एसडब्लुएले पटकथा लेखकहरुको अधिकारका निम्ति दशकौंदेखि आवाज उठाउँदै आएका छन् । तर अहिले भने फिल्म निर्माता र लेखकहरुबीचको शक्ति असन्तुलन न्यूनीकरणका लागि दृढतापूर्वक दबाबमूलक कार्यक्रम गर्न खोजिएको हो । गत महिना एसडब्लुएले आगामी सम्झौतामा हुनुपर्ने सुधारका सवालमा बैठक राखेको थियो । त्यस बैठकमा १०० भन्दा बढी लेखकहरु उपस्थित थिए । त्यस बैठकमा मुक्बल, मुन्नाभाइ एमबीबीएस, जाने तु या जानेनाका पटकथा लेखक अब्बास तारेवाला र एजेन्ट विनोद, अन्धाधुन जस्ता फिल्मका पटकथा लेखक श्रीराम राघवन पनि उपस्थित थिए ।



एसडब्लुएको अबको एजेण्डा नै निर्मातालाई बोलाएर न्यायोचित सम्झौताका लागि तयार गराउनु रहेको राजाबली बताउँछन् । ‘अधिकांश निर्माताहरु पटकथा लेखकहरुलाई राम्रो पारिश्रमिक दिनुपर्नेमा सहमत छन् । उनीहरुको व्यक्तिगत समझदारीलाई समानतासहितको सम्झौतामा बदल्नका निम्ति हामीले कसरत गरिरहेका छौं । अब हामी निर्माताहरुलाई बोलाएर समतामूलक सम्झौताका लागि सहमत गराउँछौं,’ उनले बीबीसीसँग भनेका छन् ।

हलिउडबाट प्रेरित भएर अधिकारका निम्ति अभियानको सुरुवात गरेपनि तत्कालै हड्ताल भने नगरिने एसडब्लुएले जनाएको छ । बलिउडमा तत्कालै हड्ताल गर्न चुनौती समेत रहेको छ । सौहाद्धपूर्ण सम्बन्धका कारण धेरैले काम पाउनु र नयाँ पटकथा लेखकहरु डेब्युका निम्ति तम्तयार हुनुले पनि हड्ताल गर्दा समस्या आउनसक्ने कतिपय पटकथा लेखकहरुको मत छ । पटकथा लेखकसँगको सम्झौता बलिउडका निम्ति निकै नौलो अभ्यास समेत हो ।

सन् २००० को दशकको मध्यसम्म पनि पटकथा लेखकहरु निर्माताको मौखिक वाचामै आश्वस्त हुँदै काम गरिरहेका हुन्थे । मौखिकमा रुपमा पारिश्रमिक तोकिने हुनाले उनीहरुले अन्तत: निकै कम पारिश्रमिक चित्त बुझाउनुपर्थ्यो । ‘ठूला घरानाले स्टुडियो बनाउन थालेपछि त्यहाँबाट लगानी गर्न थालेपछि मात्रै बलिउडमा लिखित सम्झौता हुन थालेको हो । निर्माताहरुले खर्च कटौती गर्ने बहानामा लिखित सम्झौता गरेपनि पटकथा लेखकहरुलाई अझै मर्कामा पार्छन्,’ राजाबली भन्छन् ।

बलिउडमा पटकथा लेखकहरुसँग सम्झौता गर्दा निर्माताले कुनैपनि दृश्य वा संवादका कारण फिल्म विवादित भएमा वा फिल्मविरुद्ध प्रदर्शन भएमा त्यसको क्षतिपूर्ती पटकथा लेखकले दिनुपर्ने बुँदा राखेर सम्झौता हुने गरेको छ । अतिवादी समूहले धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै पोस्टर टाँस्ने र मुद्दा हालेर दु:ख दिने क्रम बढेकाले सम्झौतामा यस्तो बुँदा उल्लेख हुने गरेको राजाबलीको भनाइ छ । ‘पटकथा लेखकले आफ्नो कारणले सम्पूर्ण फिल्मकै व्यापार धरापमा बनाउने नियत नै राखेको हुँदैन । यस्तो अवस्थामा त्यसको क्षतिपूर्ति पटकथा लेखकबाट भराउन खोज्नु न्यायोचित छैन,’ पटकथा लेखकहरु भन्छन् ।

मुम्बईमा काम गर्ने पटकथा लेखक यस पेशामा लागेर भाडा समेत तिर्न धौधौ रहेको बताउँछन् । विज्ञापन एजेन्सीमा काम छोडेर पटकथा लेखनमा आएका हितेश केवाला भन्छन्, ‘मैले सातवटासम्म फिल्मको पटकथा लेखें, तर तीमध्ये कुनैको पारिश्रमिक मैले पाइनँ । म जस्ता धेरैले यो पेशा नै छोडेका छन् ।’

केही निर्माता सुधारको पक्षमा रहेकाले अलिकति आशा भने पलाएको उनको भनाइ छ । निर्माता निखिल तनेजा पनि सुधारको पक्षमा छन् । उनी पटकथा लेखकहरुसँगको सम्झौता शोषण किसिमकै रहेको स्वीकार्छन् । तर फिल्म निर्माण निकै जोखिमपूर्ण रहेको उनी बताउँछन् । ‘उत्कृष्ट निर्देशकले उत्कृष्ट कलाकार राखेर बनाएका फिल्मले पनि घाटा खाएका उदाहरण छन् । जतिसुकै घाटा खाएपनि एउटा निर्माताले फिल्म युनिटका सबैलाई पैसा दिनैपर्छ,’ तनेजा भन्छन् ।

राम्रा पटकथा लेख्नेहरु राम्रो पारिश्रमिकका हकदार रहेको तनुजा बताउँछन् । ‘पटकथा लेखकहरुको स्थिति सधैं पुरातन किसिमकै हुनुपर्छ भन्नेमा म छैन । आफ्ना जायज माग पूरा गर्नका निम्ति उनीहरु संगठिन हुन आवश्यक छ । संगठित र एकतासहितको आवाजलाई सिने उद्योगले पनि सम्बोधन गर्छ भन्ने मेरो विश्वास छ,’ तनुजाले भने ।

राजाबलीका अनुसार एसडब्लुएले पठकथा लेखकहरुको न्यूनतम शुल्क तोक्न दबाब दिनेछ । यस्तै सम्झौतामा उल्लेख हुने अनुचित बुँदाहरु हटाउनुपर्ने दबाब दिने तयारीमा छ । ‘यो लडाइँ निकै लामो हुनेवाला छ र लेखकहरु निकै दृढतापूर्वक यसमा लागिपर्नेछन्,’ राजाबली भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...