मुख्य समाचार
बंगलादेशमा संसदीय चुनाव : प्रतिपक्ष दलद्वारा बहिष्कार, मतदाताको न्यून उपस्थिति
बंगलादेशमा संसदीय चुनाव : प्रतिपक्ष दलद्वारा बहिष्कार, मतदाताको न्यून उपस्थिति

— प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच बंगलादेशमा आज संसदीय निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको न्यून उपस्थिति रहेको केही बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । द डेली स्टारका अनुसार लगभग आधा समय बाँकी रहँदा मतदाताहरू अपेक्षित रूपमा मतदान केन्द्रमा आएका छैनन् ।

सिल्हेट-६ संसदीय निर्वाचन क्षेत्रअन्तर्गतको पञ्चखण्ड हरगोविन्द स्कुलमा जम्मा २ हजार ५ सय ५ मतदाता रहेकोमा १२ बजेसम्म ३ सय ६९ जनाले मात्र मत हालेका छन् । त्यस्तै अन्य केन्द्रहरूमा पनि मतदान सुरु भएको ४ घण्टा बित्दा १४ प्रतिशत जति मात्र मत खसेको छ । मतदान ५ बजेसम्म चल्नेछ । प्रमुख प्रतिपक्षी सहभागी नभएको चुनावमा पुन: वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले नै जित्ने सहज आकलन गरिएको छ । आइतबार ३ सय सिटका लागि चुनाव हुँदैछ ।

बंगलादेशी जातीय संसद्‍मा ३५० सांसद हुन्छन् । बाँकी ५० सिट भने महिलाका लागि आरक्षण छुट्याइएको छ । चुनावको नतिजा भने सोमबार बिहानदेखि नै आउने अपेक्षा गरिएको छ । बंगलादेशमा झन्डै १२ करोड मतदाता रहेका छन् । चुनावका लागि ४२ हजारभन्दा बढी मतदान केन्द्र तोकिएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । अवामी लिगसहित विभिन्न २७ पार्टी चुनावमा सहभागी छन् ।

राजनीतिक दलबाट १५ सयभन्दा बढी उम्मेदवार छन् भने स्वतन्त्र रूपमा ४ सय ३६ जनाले उम्मेदवारी दिएका छन् । बंगलादेश नेसनल पार्टी(बीएनपी)सहितका १२ दलले चुनाव बहिष्कार गरेका छन् । सन् २०१४ को चुनाव बीएनपीले बहिष्कार गरेको थियो । सन् २०१८ मा बीएनपी चुनावमा सहभागी भए पनि धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेको थियो । २०१८ मा ३९ दल चुनावमा सहभागी थिए । ३५० सदस्यीय जातीय संसद्‍मा अवामी लिगकै ३०६ सांसद छन् । प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको जातीय पार्टीको २७ र जनो फोरमका २ जना सांसद छन् ।

आइतबार पनि सरकारविरोधी दलहरूले प्रदर्शन गरिरहेका छन् । बीएनपीको नेतृत्वमा शनिबारदेखि बंगलादेशव्यापी हडताल आह्वान भएको छ । शुक्रबार रातिदेखि नै विभिन्न मतदात केन्द्रमा विस्फोट र आगजनीका घटनासमेत भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । मतदान केन्द्रमा मतदाताको उपस्थिति बढाउन भन्दै अवामी लिगले कैयौँ 'डमी' उम्मेदवारसमेत उठाएको छ । चुनावअघि हसिना सरकारले प्रतिपक्ष दलका हजारौं कार्यकर्ता पक्राउ गरेको छ ।


मतदान भइरहेकै बेला अवामी लिगका एक जना स्थानीय नेताको हत्यासमेत भएको छ । मुन्सीगन्जका स्थानीय नेता जिल्लुर रहमानको छुरा हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको डेली स्टारले जनाएको छ । यस पटक चुनावमा बंगलादेशी क्रिकेट कप्तानसमेत रहेका शकिब अल हसन पनि उम्मेदवार बनेका छन् । उनी अवामी लिगबाट मागुरा-१ क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

बंगलादेशमा वर्तमान प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिग (एएल) २००९ यता सत्तामा छ । प्रमुख प्रतिपक्ष बंगलादेश नेसनल पार्टी (बीएनपी) ले हसिना नेतृत्वको सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने दाबी गर्दै कामचलाउ सरकार गठनको माग गर्दै आएको थियो । अमेरिका, युरोपेली संघलगायतले पछिल्ला दुई चुनावमा धाँधली भएको बताएका थिए । २०१४ र २०१८ मा हसिना ८४ र ८२ प्रतिशत मतसहित विजयी भएकी थिइन् । यस्तो अवस्थामा पछिल्लो चुनाव पनि निष्पक्ष हुने आधार देखिँदैन । अमेरिका, युके, जापान र अस्ट्रेलियाले स्वतन्त्र, निष्पक्ष र पारदर्शी चुनावका लागि दबाब दिँदै आएका छन् ।

हसिना नेतृत्वमा बंगलादेशमा पछिल्ला वर्षमा अधिनायकवाद हाबी भएको टाइम म्यागेजिनले उल्लेख गरेको छ । पूर्वप्रधानमन्त्री तथा बीएनपी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको अभियोग लगाइएको छ । बिरामी अवस्थामा रहेकी उनी हाल निवासमा नजरबन्दमा छन् भने उनको दलका कार्यकर्तामाथि मुद्दा लगाइएको छ । स्वतन्त्र पत्रकार र नागरिक समाजका प्रतिनिधिमाथि प्रतिशोधपूर्ण रूपमा कारबाही गर्ने गरिएको टाइमले जनाएको छ । यस्तो अवस्थामा जनवरीमा हुने चुनाव हसिनालाई तानाशाह बन्ने बाटो मात्र भएको आलोचकहरूले दाबी गरेका छन् ।

यद्यपि, हसिनाको कार्यकालमा आर्थिक उपलब्धि भने सकारात्मक नै छ । २००६ मा उनले सत्ता सम्हाल्दा ७१ अर्ब अमेरिकी डलर रहेको देशको कुल गार्हस्थ्य उत्पादन २०२२ मा ४ खर्ब ६० अर्ब पुगेको छ । पछिल्लो समय उच्च प्रविधियुक्त उत्पादका क्षेत्रमा फड्को मारिरहेको बंगलादेश हाल भारतपछि दोस्रो ठूलो एसियाली अर्थतन्त्र हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...