टिमो वेर्नर लोनमा टोटनहम जाने
टिमो वेर्नर लोनमा टोटनहम जाने

। प्रिमियर लिग क्लब टोटनहमले जर्मन क्लब आरबी लाइपिजका फरवार्ड टिमो वेर्नरलाई लोनमा अनुबन्ध गर्ने भएको छ ।

चेल्सीका पूर्वखेलाडी समेत रहेका २७ वर्षीय वेर्नरलाई लोनमा भित्र्याउने लण्डन क्लब टोटनहमले सहमति जनाएको हो ।
टोटनहम सामु यस सिजनको अन्त्यमा वेर्नरलाई स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प समेत छ ।

वेर्नर मेडिकलका लागि लण्डन जानेछन् । उनलको यस सिजनको बाँकी समयमको पारिश्रमिक टोटनहमले बेहोर्नेछ ।

वेर्नरले यसअघि चेल्सीबाट प्रिमियर लिग खेलेको अनुभव छ । उनी सन् २०२० मा आरबी लाइपजिगबाट चेल्सी पुगेका थिए ।

जर्मन फरवार्डले २०२२ मा लाइपजिग फर्कनुअघि चेल्सीका लागि ८९ खेलमा २३ गोल गरेका थिए ।

यस सिजन बुण्डेसलिगामा वेर्नर १४ खेल खेल्दै दुई गोल गरेका छन् ।

लाइपजिगका प्रशिक्षक मार्को रोसले परवार्ड वेर्नर लोनमा लण्डन क्लब जान लागेको पुष्टि गरे ।

वेर्नरले जर्मनीका लागि ५७ खेल खेलेका छन् । कप्तान हेउन मिन सन दक्षिण कोरियाबाट एसियन कप खेल्न जानु र जेम्स म्याडिसन चोटका कारण मैदान बाहिर रहेपछि टोटनहमले फरवार्ड लाइन बलियो बनाउन विकल्प खोजेको थियो ।

टोटनहमले आगामी आइतबार प्रिमियर लिगमा म्यान युनाइटेडसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...