नाडालले अस्ट्रेलियन ओपन गुमाउने
नाडालले अस्ट्रेलियन ओपन गुमाउने

: स्पेनिस टेनिस स्टार राफेल नाडालले अस्ट्रेलियन ओपन गुमाउने भएका छन्। वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगितामा सहभागिता जनाउनु अघि ब्रिजबेन इन्टरनेसनलमा प्रतिस्पर्धा गर्न पुगेका नाडाल खुट्टामा चोट बोकेपछि स्वदेश फर्किएका छन्।


चोटकै कारण नाडाल झन्डै एक वर्ष कोर्ट बाहिर थिए। लामो समयपछि अस्ट्रेलियन ओपनमार्फत ग्रान्डस्लाममा फर्किन लागेका नाडालले ब्रिजबेन ओपनमा सुरुवाती दुई खेल सोझो सेटमा जितेका पनि थिए। तर, शुक्रबार अस्ट्रेलियाका जोर्डन थोप्सनसँगको क्वार्टरफाइनल खेलका क्रममा नाडालले पुनः चोट बोकेका थिए।

नाडालले परीक्षणका क्रममा खुट्टाको मांसपेसी च्यातिएको पाइएको र पहिलेजस्तो गम्भीर चोट नदेखिएको जानकारी दिए। ‘मांसपेसीमा गम्भीर चोट नदेखिनु खुसीको विषय हो। तर, यसरी नै चोट बोकिरहने हो भने लगातार खेल्न सकिन्छजस्तो छैन’, नाडालले भने। ब्रिजबेन ओपनमा डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्नुअघि उनले तीन सय ४९ दिनसम्म एउटै पनि खेल खेलेका थिएनन्। लामो समय कोर्ट बाहिर रहे पनि नाडालले थियमलाई ७–५, ६–१ र जासन कुब्लरलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका थिए। जोर्डन थोप्सनसँगको क्वार्टरफाइनल खेल भने नाडालले ७–५, ६–७(६–८) ३–६ ले गुमाएका थिए।

१९ वर्षपछि पहिलो पटक फ्रेच ओपन गुमाउन पुगेपछि ३७ वर्षीय नाडालले गत मेमा सन् २०२४ आफ्नो सक्रिय खेल जीवनको अन्तिम वर्ष हुने बताएका थिए। ‘लामो समयसम्म कोर्ट बाहिर रहनु पर्दा निकै दुःख लागेको थियो। त्यसैले कोर्टमा फर्किन निकै मेहनत गरेको थिएँ’, २२ पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले सामाजिक सञ्जालमा लेखेका थिए, ‘तर, यो चोटले निरास बनाएको छ। मेलबर्नमा अद्भूत समर्थकबीच खेल्ने मेरो चाहना पूरा
नहुने भएको छ।’

यही जनवरी १४ बाट सुरु हुने अस्ट्रेलियन ओपन गुमाउने भएपछि नाडालले फ्रेन्च ओपनमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन्। ‘मे २० बाट सुरु हुने फ्रेन्च ओपनमार्फत पुनः कोर्टमा फर्किने योजना बनाएको छु। त्यही अनुरुप आफूलाई केन्द्रित पनि गर्नेछु’, कीर्तिमानी १४ पटकका फ्रेन्च ओपन विजेता नाडालले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...