मुख्य समाचार
आर्सनललाई स्तब्ध पार्दै लिभरपुल चौथो चरणमा
आर्सनललाई स्तब्ध पार्दै लिभरपुल चौथो चरणमा

— लिभरपुल आर्सनलको चुनौती २–० ले समाप्त पार्दै आइतबार एफएकपको चौथो चरणमा प्रवेश गरेको छ । खेलको अन्त्यतिर सम्भव दुई गोलको मद्दतले लिभरपुलले इमिरेट्समा यो सुखद नतिजा निकालेको हो ।

खेल सकिन १० मिनेट अगाडि लिभरपुलले पोलिस डिफेन्डर जाकुब किविरको आत्मघाती गोलले अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा लुइसले दोस्रो गोल थपे । लिभरपुलले आर्सनललाई एफएकपमा हराएको यो सन् २००१ यता पहिलो हो ।

आइतबारकै अर्को खेलमा चोटबाट मुक्त हुँदै केनिभ डे ब्रुएना मैदानमा फर्के र म्यानचेस्टर सिटीले हडर्सफिल्डलाई सजिलै ५–० ले हरायो । फिल फोडनले दुई गोल गरे ।

अन्य खेलमा लुटन टाउनले बोल्टनसँग गोलरहित बराबरी खेल्यो भने नटिङघम फरेस्ट र ब्ल्याकपुलबीचको खेल २–२ को बराबरीमा टुंगियो । यस्तै वेस्ट ह्यामले पनि ब्रिस्टलसँग १–१ को बराबरीमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...