मुख्य समाचार
‘लक्षद्वीप विवाद’मा मोदीको काँध थाप्दै बलिउड, समर्थनमा उभिए अक्षयदेखि सलमानसम्म
‘लक्षद्वीप विवाद’मा मोदीको काँध थाप्दै बलिउड, समर्थनमा उभिए अक्षयदेखि सलमानसम्म

। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप टापुको भ्रमण विवादले घेरिएको छ । मोदीले लक्षद्वीपका केही तस्वीर सेयर गरेका थिए, त्यसपछि लक्षद्वीपको तुलना माल्दिभ्ससँग भइरहेको छ ।

यो तुलनापछि माल्दिभ्सका केही मन्त्रीले भारतमाथि आपत्तिजनक टिप्पणी गरेका छन् र प्रधानमन्त्री मोदीलाई ‘जोकर’समेत भनेका छन् । यद्यपि, माल्दिभ्सले बेलुकासम्म तीन मन्त्रीलाई पदबाट बर्खास्त गरिसकेको छ ।

आइतबार दिउँसभर भारतमा माल्दिभ्स बहिष्कारको ट्रेन्ड चल्यो । यही क्रममा बलिउड कलाकारहरु अक्षय कुमार, सलमान खान लगायतका सेलिब्रेटी मोदीको समर्थनमा उभिएका छन् ।

बलिउड अभिनेता अक्षय कुमार नयाँ वर्ष मनाउन परिवारसँग माल्दिभ्स गएका थिए । विवाद चर्किएपछि उनले मोदी र भारतीयलाई समर्थन गर्दै सामाजिक सञ्जालमा लेखेका छन् : मैले देखेको छु कि माल्दिभ्सका केही सार्वजनिक व्यक्तिले भारतीयमाथि केही नश्लवादी र घृणित टिप्पणी गरिरहेका छन् । सबैभन्दा धेरै पर्यटक दिने देशको बारेमा उनीहरुले यस्तो भनेका देख्दा अचम्म लाग्छ । हामी हाम्रा छिमेकीसँग राम्रो छौं, तर हामीले यो अनावश्यक उत्तेजना र घृणा किन सहने ? म धेरै पटक माल्दिभ्स गएको छु र प्रशंसा गरेको छु । तर हाम्रो आत्मसम्मानको कुरा पहिले आउँछ । अब भारतीय टापु अझ घुम्ने र हाम्रो पर्यटन पर्यटन प्रवद्र्धन गर्ने निर्णय गरौं ।

विवाद बढ्दै गएपछि अभिनेता सलमान खानले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गरेका छन् । उनले लेखेका छन्, ‘लक्षद्वीपका यी सुन्दर र सफा समुद्र तटमा प्रधानमन्त्री नरेन्द्र भाइ मोदीलाई देख्दा निकै राम्रो लाग्यो । विशेष कुरा त यो हाम्रो भारतमा छ ।

अभिनेत्री श्रद्धा कपुरले पनि सामाजिक सञ्जाल प्लाटफर्ममार्फत भारतीय टापुलाई समर्थन गरेकी छिन् । लक्षद्वीपको सुन्दर टापुको तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘यी सबै तस्वीर र मेम्सले मलाई डराइदिएका छन् कि कहिँ म यो कुरा मिस नगरुँ । लक्षद्वीपमा पुरानो समुद्र तट, तटरेखा र स्थानीय संस्कृति छ । म लामो बिदा लिएर बुक गर्न जाँदैछु । किन यो वर्ष भारतीय द्वीप अन्वेषण नगर्ने ?

विवादका बीच अभिनेता जोन अब्राहमले लक्षद्वीपको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘लक्षद्वीप अद्भुत भारतीय आतिथ्य, अतिथी देवो भवको विचार र विशाल सामुद्रिक जीवन पत्ता लगाउन घुम्न लायक ठाउँ हो ।’

मोदीले केही दिन अघि लक्षद्वीपको भ्रमण गरेका थिए । उनले त्यहाँ पानीमुनि डाइभिङ गरे र समुद्र तटमा समय बिताए । सामाजिक सञ्जालका एक प्रयोगकर्ताले मोदीको भिडियो शेयर गर्दै लेखेका छन्- यो राम्रो कदम हो । यो चीनको कठपुतली माल्दिभ्स सरकारको लागि प्रहार हो । यसपछि लक्षद्वीपमा पर्यटन बढ्नेछ ।’

माल्दिभ्सकी नेतृ मरियम शिउनाले प्रधानमन्त्री मोदीलाई जोकर भनेकी थिइन् । विवाद चर्किएपछि माल्दिभ्सको मन्त्रिपरिषद्ले आपत्तिजनक टिप्पणी गर्ने ३ नेतालाई निलम्बन गरेको छ ।

पछिल्लो रिपोर्ट अनुसार, माल्दिभ्स बहिष्कार ट्रेन्डको कारण माल्दिभ्समा ८००० भन्दा बढी होटल बुकिङ रद्द गरिएको छ । अर्कोतर्फ २५ सयभन्दा बढीले माल्दिभ्सको उडान रद्द गरेका छन् ।

माल्दिभ्स वर्षौंदेखि बलिउड सेलिब्रेटीको लागि मनपर्ने छुट्टी गन्तव्य हो । हरेक वर्ष जस्तै यस वर्ष पनि धेरै सेलिब्रेटी नयाँ वर्ष सुरु गर्न माल्दिभ्स गएका थिए । अक्षय कुमारले पनि हालै माल्दिभ्सको छुट्टी मनाउँदै गरेको भिडियो सेयर गरेका छन् । आलिया पनि श्रीमान् रणवीर कपुर र छोरी राहासँग माल्दिभ्समा थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...