। केभिन डे ब्रुएनाले पुनरागमन गरेको खेलमा म्यानचेष्टर सिटीले हडस्फिल्ड टाउनलाई ५-० ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
ह्यास्ट्रिङ इन्जुरीका कारण मैदान बाहिर रहेका डे ब्रुएनाले अगष्टपछि पहिलो पटक प्रतिस्पर्धात्मक खेल खेलेका हुन् । उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि फिल फोडेनले ३३औं र ६५औं मिनेटमा गोल गरे । यस्तै जुलियन अल्भारेजले ३७औं र जेरेमी डोकुले ७४औं मिनेटमा गोल गरे ।
हडस्फिल्डमा बेन ज्याक्सनले ५८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।