मुख्य समाचार
गोल्डेन ग्लोब जित्ने पहिलो आदिवासी अभिनेत्री लिली
गोल्डेन ग्लोब जित्ने पहिलो आदिवासी अभिनेत्री लिली

— 'किलर्स अफ फ्लावर मुन' अभिनेत्री लिली ग्ल्याडस्टोनले गोल्डेन ग्लोबमा उत्कृष्ट अभिनेत्री बन्दै यो अवार्ड जित्ने पहिलो आदिवासी महिलाको इतिहास रचेकी छिन् । मोसन पिक्चर- ड्रामा विधातर्फ उनी उत्कृष्ट अभिनेत्री घोषणा भएकी हुन् ।

उदयमान अभिनेत्री ग्ल्याडस्टोन पहिलोपटक गोल्डेन ग्लोबमा मनोनित भएकी थिइन् । फिल्ममा ग्ल्याडस्टोनले मोली पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । ओसेज राज्यमा सन् १९२० तिर उनको परिवारलाई नै श्रंखलाबद्ध हत्याको लक्षित बनाइएको थियो । फिल्मले ओसेजको तेल र सम्पत्ति हडप्न गरिएको हत्याको कथा समेट्छ ।

आफ्नो समूदायको भाषा सिकाउन मद्दत गरेकी आमालाई ब्ल्याकफिट भाषामै धन्यवाद दिँदै ग्ल्याडस्टोनले भनिन्, 'उहाँ ब्ल्याकफिट हुनुहुन्न । तर, पनि मिहेनत गरेर त्यो भाषा हामीलाई सिकाउनुभयो ।'

आमाकै कारण आफूले ब्ल्याकफिट भाषा बोल्न सक्ने भएको पनि उनले बताइन् । 'यो ऐतिहासिक जीत हो । यो केवल मेरो मात्र अवार्ड होइन, जसलाई अहिले म समाउँदै छु,' अवार्ड उचाल्दै उनले भनिन्, 'फिल्ममा अभिनय गर्नु भएका सम्पूर्ण मेरा दिदीबहिनीहरुको अवार्ड म उचाल्दैछु । जो समारोहको एउटा टेबलमा हुनुहुन्छ । यसमा मेरो आमाको पनि हक छ ।' अवार्ड जितिसकेपछि ग्ल्याडस्टोनले निर्देशक मार्टिन स्कोर्सिस र अभिनेता लियोनार्दो डिकाप्रियोलाई पनि धन्यवाद दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...