मुख्य समाचार
रसुवा नाकामा मूल्यांकन बढाएर भन्सार असुलेको भन्दै व्यापारीको विरोध, २ दिनदेखि आयात ठप्प
रसुवा नाकामा मूल्यांकन बढाएर भन्सार असुलेको भन्दै व्यापारीको विरोध, २ दिनदेखि आयात ठप्प

— सामानको खरिद बिल, बजार मुल्य र घोषणाको तुलनामा अस्वभाविक मूल्यांकन बढाएर कारोबार गर्नै नसक्ने परिस्थिति बनाएको भन्दै व्यापारीले रसुवा नाकाबाट हुने आयात दुई दिनदेखि ठप्प बनाएका छन् । भन्सारको व्यवहारले केही महिनायता निकै ठूलो आर्थिक नोक्सानी बेहोरे पनि आफूहरूको सुनुवाइ कतै नभएको व्यापारीहरूको गुनासो छ ।

काम बन्द गरेर छलफलमा रहेका व्यापारीका प्रतिनिधि बुद्धराज बस्नेतले भन्सार कर्मचारीलाई जे लाग्छ सामानको मूल्यांकन त्यही नै हुने भएपछि आफूहरू बाध्य भएर काम बन्द गरेर बस्नु परेको बताए ।

'सरकारको राजस्व बढाउने नाममा व्यापारीलाई जुन ढंगले पेल्ने काम भएको छ, यसले हामीलाई पेशा गरिखाने वातावरण बन्दैन,' उनले भने । सामानको मूल्यांकनका लागि ऐन कानुनले नै निश्चित आधार तोकेको भएपनि कर्मचारीको बोली नै अन्तिम हुने गरेको उनले बताए ।

भन्सार यार्डमा अहिले चीनबाट सामान बोकेर आएका एक सयभन्दा बढी कन्टेनर रहेका छन् । तर व्यापारीले सामान छुटाएका छैनन् । रसुवाका भन्सार प्रमुख रामप्रसाद पाठकले कडाइ गरेको भनेर प्रज्ञापन पत्र नभरेको सुनेको बताए । उनले आधिकारिक रूपमा आफूलाई कुनै जानकारी नभएको समेत दाबी गरे ।

२०७२ सालमा भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि सोही वर्षको मंसिरबाट रसुवा नाकाबाट आयात व्यापार बढेको हो । अहिले तातोपानी खुले पनि रसुवाबाट हुने व्यापार भने खासै घटेको छैन । उक्त नाकाबाट विशेषतः तयारी पोशाक, जुत्ता, ब्याग, मोबाइल तथा कम्प्युटर पार्ट्स, विद्युत् आयोजनाका मेसिनरी सामान, कपडा, स्टेसनरी सामान, खेलौना, किचनमा प्रयोग हुने इलेक्ट्रिक सामानलगायतका विविध प्रकृतिका वस्तु आयात हुने गरेको छ ।


भन्सार विभागले काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो अनलाइन संयन्त्रबाट मुलुकभरका भन्सारमा सामान जाँच भइरहेको प्रत्यक्ष अनुगमन गर्ने व्यवस्था रहेको छ । अनुगमनका क्रममा शंका लागेको वस्तुको गुणस्तर, साइज, ब्रान्डलाई आधार मानेर हरेक भन्सारमा अनलाई मानिटरिङमार्फत आवश्यकताका आधारमा थप जाँच र मुल्यांकन गर्न लगाउने गरेको छ । यस क्रममा विभागले आफैं टोली बनाएर भन्सारमा पुग्ने गरेको छ ।

व्यापारीले भने रसुवा भन्सार आफैंले पनि हुँदै नभएको मुल्य राख्ने, ठूलो रकम जरिवाना तिराउने र बिलबीजकलाई आधार नमान्ने व्यक्तिवादी प्रवृत्तिका कारण धेरै मर्कामा परेको दाबी गर्दै आएका छन् ।

भन्सारमा केही कर्मचारीले व्यापारीसँगको सम्बन्धका कारण पनि निष्पक्ष व्यवहार नगरेको गुनासो पनि बढेको छ । भन्सार विभागका एक अधिकारीका अनुसार व्यापारीलाई आवश्कयताभन्दा बढी दुःख दिएको गुनासो आउने गरेको स्वीकारे । सरकारको राजस्व नपुगेको भन्दै व्यापारीलाई च्याप्ने गरेको भन्सारकै अधिकारीहरु स्वीकार्छन् ।

रसुवा भन्सारको चालु वर्षको राजस्व लक्ष्य २०अर्ब ९९ करोड ६४ लाख रहेको छ । मंसिर मसान्तसम्म ८ अर्ब ४९ करोड ६५ लाख संकलन भएको प्रमुख भन्सार अधिकृत पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...