मुख्य समाचार
उर्लाबारी-३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध
उर्लाबारी-३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध

— मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर-३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए ।

वडाध्यक्ष बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुर्व्यसनमा फसाउन सघाउ पुगेको दाबी गर्दै उनले भने,'केही समय हेरौँ, के बदलाव आउँछ ।' वडाध्यक्ष बुढाथोकीले सार्वजनिक स्थानमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गर्ने गरेको गुनासो आएपछि यस्तो कदम चालिएको बताए ।

इकान्तिपुरसँगको कुराकानीमा उनले भने, 'सार्वजनिक स्थल र पसलहरूमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गरेको गुनासो आयो। त्यसपछि आइतबार बसेको वडा समितिको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो।' क्यारम र लुडो खेलाउने पसललाई पहिलो पटकका लागि ५ रुपैयाँ जरिवाना गरिने पनि उनले जानकारी दिए ।

वडा समितिको निर्णयप्रति स्थानीयवासीहरुले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन् । स्थानीय सरोज बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्,'उर्लाबारी-३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध, हाँस्नु कि रुनु ?'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...
एनओसी ३० र मन्त्रालय ३१ खेलको जुहारीमा
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...