मुख्य समाचार
के अमेरिकी प्रभुत्वको विश्व व्यवस्था कमजोर बनेको हो ? २०२४ मा के होला ?
के अमेरिकी प्रभुत्वको विश्व व्यवस्था कमजोर बनेको हो ? २०२४ मा के होला ?

अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा पछिल्लो १२ महिनामा अमेरिका, युरोप तथा विश्वका देशो लोकतन्त्रहरुलाई विभिन्न झट्का लागे ।

यद्यपि ती मध्ये कुनै पनि विनाशकारी रहेनन्, तथापि यसले अमेरिकी प्रभुत्वयुक्त पश्चिमी मूल्यबाट टाढा बदलिंदो शक्ति सन्तुलनतर्फ संकेत गर्दछ, जुन वर्षौंदेखि प्रभावी रहँदै आयो ।

यद्यपि विभिन्न मोर्चाहरुमा पश्चिमी हितका लागि गलत दिशामा हावा चलिरहेको छ ।

विश्व रंगमञ्चमा के कारणले यस्तो परिवर्तन आइरहेको छ र यसका फाइदा के हुनसक्छन् ?

युुक्रेन युद्ध

कृष्णसागरमा हालै प्राप्त केही सफलता पश्चात् पनि रुससँगको जारी युद्ध युक्रेनका लागि राम्रोसँग चलिरहेको छैन । यसको अर्थ, यो युद्ध नेटो तथा युरोपेली संघका लागि पनि खराब हुनेछ, जसले युक्रेनका युद्ध प्रयासहरु तथा उसको अर्थव्यवस्थामा अर्बौ डलरको सहयोग गरेका छन् ।

यहीबेला गत वर्ष नेटोलाई निकै ठूलो आशा थियो कि पश्चिमी देशहरुका आधुनिक सैन्य उपकरण तथा गहन प्रशिक्षणको सहयोगमा युक्रेनी सेनाले युद्धमैदानमा पुनः अग्रता हासिल गर्न सक्छ । रुसले कब्जा गरेका अधिकांश क्षेत्रबाट युक्रेनले रुसी सेनालाई बाहिर धकेल्ने आशा गरिएको थियो, तर त्यसो हुन सकेन ।

समस्या भनेको समय निर्धारणको हो । नेटो देशहरुलाई बेलायती च्यालेन्जर टू तथा जर्मन लेपर्ड टू जस्ता अत्याधुनिक युद्धट्यांकहरु युक्रेन पठाउने निर्णय गर्न तथा त्यसबाट रुसी राष्ट्रपति भ्लादमिर पुटिनले हतारमा जवाफी कारवाही गर्ने विषयमा आँकलन गर्न समय लाग्यो । अन्त्यमा पश्चिमा मुलुकहरुले ट्यांक त दिए तर राष्ट्रपति पुटिनले केहीपनि गरेनन् । तर जब जुन महिनामा उनीहरु युद्धको मैदानमा तैनाथ हुनका लागि तयार भए, त्यसबेला सम्म रुसी कमान्डहरुले नक्सा हेरे र युक्रेनका मूख्य प्रत्याक्रमणहरु कहाँ हुँदैछन् भन्ने कुराको प्रक्षेपण गर्न सके ।

युक्रेनले जापोरिजिया क्षेत्र हुँदै अजोव सागर तर्फ दक्षिणतिर अघि बढ्न चाहन्छ, रुसी मोर्चामा आक्रमण गरी दुई हिस्सामा बाँडिदिनेछ र क्राइमियालाई विच्छेद गरिदिने प्रयास गर्नेछ भन्ने कुरा रुसी सेनाले अनुमान गर्‍यो ।

रुसी सेनाले सन् २०२२ मा युक्रेनको राजधानी किभमा कब्जा गर्ने आफ्नो प्रयासमा भलै निरासाजनक प्रदर्शन गर्‍यो, तथापि आफू उत्कृष्ट रहेको ठाउँमा भने शक्ति प्रदर्शन गर्‍यो ।

सन् २०२३ को पहिलो अर्धवार्षिकमा जब युक्रेनी ब्रिगेड बेलायत तथा अन्य देशहरुमा प्रशिक्षित भइरहेको थियो र ट्यांकहरु पूर्वी मोर्चामा पठाइरहेको थियो, त्यसबेला रुसले आधुनिक इतिहासमा रक्षात्मक किल्लाबन्दीको सबैभन्दा ठूलो तथा सबैभन्दा व्यापक मोर्चाको निर्माण गरिरहेको थियो ।

ट्यांक प्रतिरोधी बारुदी सुरुंग, एम्बुस, सैनिक प्रतिरोधी सुरुंग, बंकर, ट्रेन्च, ट्यांकको जालो, ड्रोन तथा तोपखानाहरुको सहयोगमा उसले रुसको योजना विफल पारिरहेको छ । यसले बहुप्रतिक्षित युक्रेनी जवाफी हमला विफल हुनपुग्यो ।

युक्रेनमा गोला बारुद तथा सैनिकको उच्च अभाव छ । अमेरिकी कंग्रेसले ६० अर्ब डलरको सैन्य सहायता प्याकेजलाई अघि बढाउने ह्वाइट हाउसको प्रयासलाई रोक्दैछ । त्यस्तै हंगेरीले युरोपेली संघको ५० अर्ब युरोको सहायता प्रयासलाई रोकिराखेको छ ।

अन्ततः यसमध्ये एक वा दुबै सफल हुनसक्छन् । तथापि त्यतिबेला सम्म निकै ढिला भैसकेको हुनेछ । युक्रेनी सेना पहिलेदेखि नै रक्षात्मक स्थितिमा छ । यसबीचमा रुसले आफ्नो अर्थव्यवस्थालाई युद्धस्तरमा खडा गरिदिएको छ ।

उसले आफ्नो राष्ट्रिय बजेटको एक तिहाई हिस्सा रक्षा क्षेत्रका लागि समर्पित गरिदिएको छ । त्यस्तै युक्रेनको अग्रीम मोर्चामा हजारौं जनशक्ति तथा हजारौँ तोपखानाका गोली फ्याँकिरहेको छ ।

वास्तवमा यो स्थिति युक्रेनका लागि निकै निरासाजनक हो । उसलाई आशा थियो कि अब युद्धको रुझान उसको पक्षमा हुनेछ, तर पश्चिमलाई यसबाट के नै फरक पर्छ र ?

उता राष्ट्रपति पुटिनका लागि भने यसले अर्थ राख्छ, जसले करीब २ वर्षअघि व्यक्तिगत रुपमा सो आक्रमणको आदेश दिएका थिए ।

उनले जितको घोषणा गर्नका लागि केवल त्यस क्षेत्र -युक्रेनको करीब १८ प्रतिशत) मा नियन्त्रण जारी राख्नुछ, जसलाई रुसले कब्जा गरेको थियो ।

नेटोले आफ्नो हतियार भण्डार खाली गरेको छ । उसले आफ्नो सहयोगी युक्रेनको समर्थन गर्नका लागि युद्धमा सहभागी हुनबाट बँच्ने पूरा कोसिस गरेको छ ।

यसैबीच बाल्टिक देशहरु इस्टोनिया, लाट्भिया तथ लिथुआनियाका साथै नेटोका सबै सदस्यहरु यो कुरामा आश्वस्त छन् कि यदि पुटिन युक्रेनमा सफल भएभने आगामी पाँच वर्षमा उनी ती मुलुकसम्म पुग्नेछन् ।

भ्लादिमिर पुटिन

सैद्धान्तिक रुपमा रुसी राष्ट्रपति एक वान्टेड व्यक्ति हुन् । सन् २०२३ मा हेगस्थित अन्तराष्ट्रिय फौजदारी न्यायालयले उनी तथा उनको बालअधिकार आयुक्तलाई युक्रेनी बालबालिकाका विरुद्ध गरिएको युद्ध अपराधका लागि दोषी ठहर गरेको थियो ।

पश्चिमी देशहरुलाई आशा थियो कि यो निर्णयपछि उनी अन्तराष्ट्रिय स्तरमा त्याज्य हुनेछन्। उनलाई आफ्नै देशमा बन्द गरिनेछ । यसबाट उनी हेगमा गिरफ्तारी तथा निर्वासनको डरका कारण यात्रा गर्न असमर्थ हुनेछन् । तर यस्तो भएन ।

उक्त मुद्दापछि नै पुटिन किर्गिस्तान, चीन, युएई तथा साउदी अरबको यात्रामा गए । सबै ठाउँमा उनको भव्य स्वागत भयो ।

उनले दक्षिण अफ्रिकामा ब्रिक्स शिखर सम्मेलनमा पनि भर्चुअल्ली सहभागिता जनाए ।

युरोपेली संघको प्रतिबन्धका कारण रुसी अर्थव्यवस्थाले घुँडा टेक्ने आँकलन गरिएको थियो । यसले पुटिनलाई युक्रेनमाथिको आफ्नो रोकन बाध्य पार्ने ठानिएको थियो ।

तर रुस भने ती प्रतिबन्धका प्रति समनशील देखियो । चीन तथा काजकिस्तान जस्ता देशहरुको माध्यमबाट उसले विभिन्न उत्पादनहरुको सोर्सिंग गर्दछ । सत्य यो छ कि पश्चिमा देशहरुले ठूलो परिमाणमा आफूलाई रुसी तेल तथा ग्यासबाट अलग गरेका छन् । तर रुसलाई सस्तोमै सही निकै आवश्यक अन्य ग्राहकहरु फेला परेका छन् ।

वास्तवमा पुटिनले गरेको युक्रेनमाथिको आक्रमण पश्चिमी देशहरुका लागि घृणित कार्य हो । तर यो विश्वका अन्य देशहरुका लागि भने धेरै हदसम्म घृणित छैन । विभिन्न देशहरुले यसलाई युरोपको समस्याको रुपमा हेर्दछन् । त्यस्तै केहीले यसमा नेटोलाई दोषी मान्दै उसले पूर्वमा निकै टाढासम्म आफुलाई विस्तार गर्दै रुसलाई उक्साउने काम गरेको बताउँछन् ।

युक्रेनबासीहरुका लागि निरासाजनक कुरा के भने उल्लेखित देशहरु रुसी सैनिकले व्यापक रुपमा गरेको अत्याचार तथा दुर्व्यवहारबाट बेखबर छन् ।

इजरायल गाजा युद्ध

हालै रियादमा एक शिखर सम्मेलनका क्रममा अरब देशका मन्त्रीहरुले पश्चिमी देशहरुको दोहोरो मापदण्ड रहेको बताए ।

पश्चिमा देशका सरकारहरु पाखण्डी रहेको उनीहरुको भनाइ छ । युक्रेनमा नागरिकहरुको हत्याका लागि रुसको निन्दा गर्नुपर्ने अपेक्षा राख्ने पश्चिमा देशहरुले हजारौं नागरिकहरु मारिइरहेको गाजामा युद्धविरामलाई किन अस्वीकार गर्छन् ? भन्ने प्रश्न उनीहरुको छ ।

इजरायल हमास युद्ध प्रष्ट रुपमा सबै गाजाबासी तथा ती इजरायलीहरुका लागि विनाशकारी रह्यो जो अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको घातक आक्रमणबाट प्रभावित भए । यो पश्चिमका लागि पनि खराब सावित भएको छ ।

यो युद्धका कारण विश्वको ध्यान नेटोको सहयोगी युक्रेनबाट अन्तै मोडिएको छ, जो यो ठण्डीमा रुसलाई अघि बढ्नबाट रोक्नका लागि संघर्ष गरिरहेको छ । उसले अमेरिकी हतियारहरुलाई किभबाट टाढा इजरायलतर्फ मोडिदिएको छ ।

त्यस्तै संयुक्त राष्ट्रसंघमा इजरायलको प्रतिरक्षा गर्ने अमेरिका र बेलायत विश्वका धेरै मुसलमान तथा अन्य मानिसहरुको नजरमा गाजाको विनाशमा भागिदार भएका छन् ।

रुसी वायुसेनाले सिरियाको अलेप्पोमा बमवर्षा गरेको थियो । उसले अक्टोबर ७ पछि मध्यपूर्वमा आफ्नो समर्थमा बढोत्तरी भैरहेको देखेको छ ।

इो युद्ध पहिले नै लालसागरसम्म फैलिसकेको छ, जहाँ इरान समर्थित हुथी लडाकुहरुले जहाजहरुमा आक्रमण गरिरहेका छन् । यसबाट वस्तुहरुको मूल्य बढिरहेको छ, किनकि विश्वका प्रमुख शिपिंग कम्पनीहरु अफ्रिकाको दक्षिण विन्दुुको चारैतर्फ आफ्नो मार्ग बदल्नका लागि बाध्य छन् ।

इरानको बढ्दो दबदबा

इरानमाथि गोप्य रुपबाट परमाणु हतियार विकास गरिरहेको आशंका गरिन्छ । तर उसले यस्तो आरोप अस्वीकार गर्दछ । पश्चिमी देशका प्रयासहरुपछि पनि ऊ अलगथलग हुनबाट निकै टाढा छ । उसले प्रोक्सी लडाकुहरुको माध्यमबाट इराक, सिरिया, लेबनान, यमन तथा गाजामा आफ्नो सैन्यजाल फैलाएको छ । यी लडाकुहरुलाई उसले धन, प्रशिक्षण तथा हतियार प्रदान गर्दछ ।

यो वर्ष इरानले रुससँग एउटा निकट गठबन्धन बनाएको देखियो । युक्रेनका सहर तथा चोकहरुमा आक्रमण गर्नका लागि उसले लगातार शहीद ड्रोनको आपूर्ति गरिरहेको छ ।

विभिन्न पश्चिमी देशहरुद्धारा खतराको रुपमा लिइरहँदा पनि इरानले मध्यपूर्वमा आफुलाई प्यालेस्टाइनको मित्रको रुपमा स्थापित गरी गाजा युद्धबाट लाभ उठाएको छ ।

अफ्रिकाको नयाँ मित्र

पश्चिम अफ्रिकी देशहरु एकपछि अर्को गर्दै सैन्य कू को सिकार भैरहेका छन् । त्यस क्षेत्रमा जिहादी विद्रोहको सामना गर्न सघाइरहेका युरोपेली सेनाहरु यी घटनामा बहिष्करणमा परेका छन् । माली, बुर्किनाफासो तथा मध्य अफ्रिकी गणतन्त्रका पूर्व फ्रेन्च उपनिवेशहरु प्हिलेदेखि नै युरोपेलीहरुको विरुद्धमा उभिएका थिए । गत जुलाईमा एक सैन्य कूपछि निजरमा पनि पश्चिम समर्थक राष्ट्रपति सत्ताच्यूत भएका छन् ।

अन्तिम फ्रेन्च सैनिकले देश छाडिसकेका छन्, यद्यपि ६सय अमेरिकी सैनिक त्यहाँका दुईवटा क्षेत्रमा अद्यापि तैनाथ छन् ।

फ्रेन्च तथा अन्तराष्ट्रिय सेनाको साटो भाडाका रुसी सैनिक वागनर ग्रुप लिइरहेका छन्, जो गत अगष्टमा एक विमान दुर्घटनामा आफ्ना नेता येभगिनी पि्रगोझिनको रहस्यमय मृत्युका बाबजूत आफ्नो आकर्षक व्यापारिक सम्झौतामा टिकिरहन समर्थ भैरहेका छन् ।

यसबीच दक्षिण अफ्रिका, जसलाई कुनैबेला पश्चिमी देशको सहयोगी रुपमा हेरिन्थ्यो, ऊ रुसी तथा चिनिया युद्धपोतहरुसँगै संयुक्त नौसैनिक अभ्यास गरिरहेको छ ।

उत्तर कोरिया

उत्तर कोरियामाथि उसका प्रतिबन्धित परमाणु हतियारहरु र ब्यालेस्टिक मिसाइन कार्यक्रमका कारण कडा अन्तराष्ट्रिय प्रतिबन्ध लाग्दै आएको छ ।

यस्तो परिस्थितिमा पनि उसले यो वर्ष रुससँग घनिष्ट सम्बन्ध बनाएको छ । उत्तर कोरियाली नेता किम जोंग उनले रुसी बन्दरगाह सहरको भ्रमण गरे । त्यसपछि उत्तर कोरियाले युक्रेनमा युद्धरत रुसी सेनाहरुका लागि १० लाख तोपका गोली पठाएको बताइन्छ । उत्तर कोरियाले केही अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलहरुको पनि परीक्षण गरेको छ, जसबाट अमेरिकाका अधिकांस ठाउँसम्म आक्रमण गर्न सकिने बताइन्छ ।

चीन

केही हदसम्म सन् २०२३ मा सनफ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिया समकक्षी सि जिनपिङबीच धेरै हदसम्म सफल शिखर सम्मेलनसँगै दुई देशको तनावमा कमी देखिएको छ ।

तर चीनले दक्षिण चीन सागरको अधिकांस हिस्सामा आफ्नो दाबीबाट पछि हट्ने कुनै संकेत दिएको छैन ।

उसले एउटा नयाँ मानक नक्शा जारी गरेको छ, जसले विभिन्न एसिया प्रशान्त क्षेत्रका देशहरुको समुद्री तटसम्म चिनिया दाबीलाई विस्तार गर्दछ । चीनले ताइवानमाथि पनि आफ्नो दाबी छाडेको छैन । उसले आवश्यक पर्दा ताइवानलाई बलपूर्वक फिर्ता लिने कसम नै खाएको छ । चीनले ताइवानमा चुनावका लागि दबाब बढाईरहेको छ ।

यी हुन् आशाका किरणहरु

पश्चिमी देशहरुका लागि यी निराशाजनक पृष्ठभूमिमा आशाका किरणहरु देख्नु सायद कठीन छ, तथापि उनीहरुका लागि सकारात्मक पहलू यो छ कि नेटो गठबन्धनले युक्रेनमाथि रुसी आक्रमणबाट प्रेरित भएर आफ्नो रक्षात्मक उद्देश्यलाई प्रष्टरुपमा पुनः खोजी गरेका छन् ।

पश्चिमी जगतको अहिलेसम्म देखिएको सर्वसम्मतिले धेरै मानिसलाई आश्चर्यचकित बनाएको छ, यद्यपि यसमा केही दरारहरु पनि देखिन थालेका छन् ।

तर यो मध्यपूर्वमा हो, जहाँ सुधारको सबैभन्दा अधिक सम्भावना छ । यो आंशिक रुपबाट घटनाहरुको भयावह परिमाणका कारण सिर्जित हो, जुन इजरायल र गाजा सीमानाको दुबैतर्फबाट देखिएका छन् ।

अक्टोबर सात भन्दा अगाडि भविष्यको प्यालेस्टाइनी राज्यको सबालको समाधानको खोजीलाई धेरै हदसम्म छाडिएको थियो ।

प्यालेस्टाइनीहरुमाथि इजरायलको व्यवहारमा एक निश्चित आत्मसन्तुष्टि आएको थियो कि यो एउटा यस्तो समस्या हो जसलाई सुरक्षा उपायहरुको माध्यमबाट कुनैपनि प्रकारले समाधान गर्न सकिन्छ र उनीहरुलाई आफ्नो राज्य दिने दिशामा कुनै गम्भीर कदम चाल्नु पर्दैन ।

त्यो शुत्र अब घातक रुपले त्रुटिपूर्ण सावित भैसकेको छ । एकपछि अर्को विश्व नेताहरुले घोषणा गरिसकेका छन् कि जबसम्म प्यालेस्टाइनीहरुले आफ्नो हकको उपयोग गर्न पाउँदैनन् तबसम्म इजरायलीहरुले पनि शान्ति सुरक्षा र अमनचैनको अनुभूति गर्न सक्दैनन् ।

इतिहासमा कुनैपनि समस्याको उचित तथा दीगो समाधान खोज्ने कुरा अविश्वसनीय रुपमा कठीन काम हो । यसको सफलताका लागि दुवै पक्षका दर्दनाक सम्झौता तथा त्याग समावेश हुनुपर्छ । अन्ततः अब यसतर्फ विश्वको ध्यान गएको छ ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...