मुख्य समाचार
जर्मन हस्ती बेकनबाउरको निधन
जर्मन हस्ती बेकनबाउरको निधन

— जर्मन फुटबल हस्ती फ्रान्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । जर्मन फुटबल महासंघ (डीएफबी) ले सोमबार राति एएफपीलाई बेकेनबाउरको निधनबारे जानकारी गराएको थियो । उनको निधन आइतबार नै भएको थियो ।

खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप फुटबल जित्ने ३ व्यक्तित्वमध्ये एक हुन् बेकनबाउर । उनको कप्तानीमा तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा नेदरल्यान्ड्सलाई फाइनलमा पराजित गरी विश्वकप जितेको थियो । उनी प्रशिक्षक रहँदा पश्चिम जर्मनीले १९९० मा अर्जेन्टिनालाई फाइनलमा पराजित गरेको थियो ।

खेलाडी र प्रशिक्षकको रूपमा उपाधि जित्ने अर्का दुई मारियो जगालो र डिडियर डेसच्याम्पस हुन् । जगालोको ९२ वर्षको उमेरमा शुक्रबारमात्र निधन भएको थियो । बेकेनबाउर १९८४ मा पश्चिम जर्मनीको प्रशिक्षक बनेका थिए ।

दोस्रो विश्वयुद्ध सकिएको चार महिनापछि १९४५ जन्मिएका बेकनबाउरले बायर्न म्युनिखलाई जर्मनीको मात्र नभई विश्वकै बलियो क्लबमा उतार्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले बायर्नबाट १३ वर्ष खेल्दै बुन्डेसलिगाको ४ सय २४ खेलमा सहभागिता जनाएका थिए । उनले यो क्लबबाट तीन जर्मन उपाधि र तीन युरोपियन्स कप जितेका छन् । उनले १९७७ मा पेलेसँगै न्युयोर्क कसमसबाट खेले ।


‘काइजर’ नामले चिनिने उनी पहिला मिडफिल्डर थिए र पछि डिफेन्सिभ स्विपरको भूमिकामा खेले । उनले जर्मन राष्ट्रिय टोलीबाट १ सय ३ खेल खेलेका थिए । उनकै नेतृत्वमा जर्मनीले २००६ को विश्वकप भव्य रूपमा सफल आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...
एनओसी ३० र मन्त्रालय ३१ खेलको जुहारीमा
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...