मुख्य समाचार
लिभरपुलको धक्काले आर्सनल चिन्तित
लिभरपुलको धक्काले आर्सनल चिन्तित

— मिखेल आर्टेटाले मानेका छन्, आर्सनलले फेरि एकपल्ट आफूलाई मानसिक रूपमै पुनः सुरुआत गर्नुपरेको छ । एफए कप फुटबलको तेस्रो चरणमा लिभरपुलले दिएको धक्कापछि आर्टेटाको यो स्वीकारोक्ति अगाडि आएको हो ।

इमिरेट्समा भएको उक्त खेलमा आर्सनल लिभरपुलको हातबाट २–० ले पराजित रह्यो । त्यस खेलमा आर्सनलको दबदबा जताततै थियो । विशेषतः पहिलो हाफमा । तर, कमजोर फिनिसिङ र लिभरपुल गोलरक्षक एलिसन बेकरको उत्कृष्ट प्रदर्शनका कारण खेल आर्सनलको

पक्षमा गएन ।

खेलको अन्त्यमा आर्सनल नराम्रोसँग टुटेको थियो । ट्रेन्ट एलेक्जान्डर–आर्नोल्डको फ्रि–किकलाई आर्सनलका डिफेन्डर जाकुब किविरले आफ्नो पोस्टकै दिशा दिएका थिए । खेलको इन्ज्युरी समयमा लुइस डियाजले दोस्रो गोल थपे । सबै खाले प्रतियोगिताका पछिल्ला ७ खेलमा आर्सनल एकैपल्ट मात्र जितेको छ । भलै, ती सबैमा आर्सनलको सुरुआत राम्रो रह्यो । अब उत्तरी लन्डनको यो क्लब एफए कप र लिग कप दुवैबाट बाहिरिएको छ नै । प्रिमियर लिगमा पनि शीर्षमा रहेको लिभरपुलभन्दा ५ अंकले पछाडि छ ।


किन यस्तो भइरहेको छ त ? प्रशिक्षक आर्टेटा मान्छन्, आर्सनल टिममै मानसिक समस्या छ, यसलाई सकेसम्म चाँडै समाधान गर्नुपर्नेछ । उनी भन्छन्, ‘सायद मानसिक रूपमै टिम कमजोर देखिएको छ । लिभरपुलसँग मात्र होइन, फुलहम र वेस्ट ह्यामविरुद्ध पनि हामी चुक्यौं । हामीलार्ई अब पुनः सुरुआत नगरेर सुखै छैन ।’ अब आर्सनलले १३ दिनपछि क्रिस्टल प्यालेसको सामना गर्नेछ । यसबीच टिमसामु आफूलाई सम्हाल्ने राम्रै अवसर हुनेछ ।

आर्टेटा पनि यो समय निकै उपयोगी हुने मान्छन् । आर्सनल फेरि आफ्नो पुरानो लयमा फर्कन आवश्यक रहेको स्वीकार्छन् । ‘अहिलेको विश्राम हाम्रा लागि निकै उपयुक्त समयमा आएको छ । जति बेला सबथोक राम्रो भइरहेको थियो, हामीले दौडिरहेका थियौं । तर अब स्थिति केही गाह्रो छ । हेरौं, अब हामी यहाँबाट कहाँ जानेछौं,’ उनले भने । लिभरपुलविरुद्धको खेलमा आर्सनल नै विजयी हुनुपर्ने र त्यसका लागि सक्दो सबै मिहिनेत गरेको मान्छन् उनी ।

आर्सनलको ठ्याक्कै मूल समस्या हो, खेल आफ्नो पूर्ण नियन्त्रणमा राख्ने तर त्यसलाई जित्न नसक्ने । लिभरपुलविरुद्धको खेलमा आर्सनल नै विजयी हुनुपर्ने र त्यसका लागि सक्दो सबै मिहिनेत गरेको मान्छन् उनी । आर्टेटा थप्छन्, ‘हामीले राम्रो सुरुआतको फाइदा लिन सकिरहेका छैनौं । लिभरपुलसँग मात्र होइन, अन्य खेलमा पनि । कम्तीमा आजको खेल हामीले नै जित्नैपर्ने थियो, तर नतिजा अन्त्यमा हाम्रो पक्षमा रहेन ।’

अझ उनको दाबी छ, ‘आर्सनलले जुन प्रकारले खेलिरहेको छ, त्यसको आधारमा हामी युरोपकै उत्कृष्ट टिम रहेका छौं । त्यसैले अहिले हामीसँग जति खेलाडी छन्, उनीहरूलाई नै समर्थन गर्ने हो । तिनै खेलाडीलाई अझ परिष्कृत गर्ने हो । हामी टिमलाई नै परिवर्तन गर्न चाहँदैनौं ।’

उनका यी सबै दाबीमा लिभरपुलका प्रशिक्षक योर्गन क्लोप भने सहमत छैनन् । उनी के पनि मान्छन् भने आर्सनलविरुद्ध प्राप्त जितले लिभरपुलको लिग उपाधि यात्रा अझ सजिलो भएको छ ।

लिभरपुलले मध्य साता लिग कप सेमिफाइनलमा फुलहमको सामना गर्नेछ । क्लोप भन्छन्, ‘अहिले भर्खर जनवरी लागेको छ । अझै जाडो छ र हामीसामु अझ न्यानो अनुभव गरेर खेल्ने चुनौती छ । हामी सक्दो राम्रो खेल्न चाहन्छौं । हामीले गर्ने भनेकै यही हो । कसैले हामी लिग उपाधि बाटोमा अगाडि छौं भन्छ भने त्यसलाई पत्याएर खुसी हुनेछौं । मूल तथ्य के हो भने अहिले लिभरपुलमा आत्मविश्वासलाई लिएर कुनै समस्या छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...
एनओसी ३० र मन्त्रालय ३१ खेलको जुहारीमा
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...