मुख्य समाचार
हेनरी मानसिक चिन्तामा
हेनरी मानसिक चिन्तामा

— आर्सनलका फ्रान्सेली लिजेन्ड थिएरी हेनरीले आफू लगातार मानसिक चिन्ताबाट गुज्रिरहेको खुलासा गरेका छन् । उनले आफ्नो खेलजीवनमा यो समस्या अझ चर्को रहेको बताए । फ्रान्सका लागि विश्वकप जितेका ४६ वर्षीय हेनरी आर्सनलका लागि सर्वाधिक गोलकर्ता हुन् ।

सीईओ पोडकास्ट डायरीमा बोल्दै हेनरीले कोरोना भाइरस संक्रमणका बेला आफूले मानसिक चिन्तासँग अझ धेरै संघर्ष गरेको छ र प्रत्येक दिन जस्तै रोएको पनि बताए ।

हेनरीले यस कारण आफ्ना पितासँग जोडिएको हुनसक्ने माने । उनका अनुसार उनी सानो छँदा उनले खेल्ने फुटबलको सबैभन्दा ठूलो आलोचक उनका बुवा नै थिए । हेनरीले भनेका छन्, ‘पूरा खेल जीवन म मानसिक चिन्ताबाट गुज्रिए सम्भवतः जन्मेदेखि नै । यो समस्या सुरुदेखि रहेको हुनुपर्छ । तर, मलाई यसबारे पक्कै केही थाहा थिएन, त्यसैले मैले कहिले यसबारे उपचारका लागि प्रयास पनि गरिनँ ।’

उनले थपे, ‘त्यसका अर्थ म सिधा हिँडिरहेको भने थिइनँ, तर हिँड्ने भने हिँडिरहेकै थिएँ । म सानो छँदादेखि नै मलाई भनिएको थियो, एकपल्टमा एक पाइला अगाडि सार । त्यसपछि फेरि एक अर्को पाइला । मैले कहिले पनि हिँड्ने रोकिनँ । सायद त्यसैले पनि मलाई मानसिक चिन्ताको समस्या छ भनेर मैले चालै पाइनँ । तर कोराना भाइरस संक्रमण महामारीका बेला भने समस्या अझ चर्कियो । मैले हिँड्नै सकिनँ । त्यतिबेला भने यो समस्या भनेर लाग्न थाल्यो ।’

महामारीका बेला हेनरी मोन्ट्रियलमा थिए । उनले क्यानडाको टिम सम्हालिरहेका थिए । ठीक त्यही बेला कोराना भाइरसले महामारीको रूप लियो र उनी एक्लै मोन्ट्रियलमै रहे । उनको परिवार भने उनीबाट धेरै टाढा थियो । ‘म मोन्ट्रियलमा एक्लै थिएँ । पूरा परिवारबाट एकै वर्ष टाढा रहें । एक्लै रहँदा म लगातार रोइरहें । म किन यसरी रोएँ, त्यो मलाई थाहा भएन । सायद मभित्र यो रुवाइ धेरै दिनदेखि लुकिरहेको थियो र त्यो बाहिर आयो,’ उनले थपे ।


हेनरीले भने, ‘प्राविधिक रूपमा म आफैं आफूभित्र थिइनँ । लगातार रोइरहेको हुनाले म भर्खरको ठिटो मात्रै थिएँ । सानोमा मैले जे जस्तो चाहेँ, त्यो पाइनँ । मैले गरेको कामलाई स्वीकार गरिएन ।’

अहिले फ्रान्सेले यू–२१ टिमका प्रशिक्षक रहेका हेनरीले आफ्नो बुवाको एकमात्र इच्छा राम्रो फुटबल खेलाडी होस् भन्ने रहेको बताए, त्यो पनि छोराका रूपमा जन्मनेबित्तिकै । हेनरीको भनाइ थियो, ‘सानोमा छँदा राम्रो गरिनँ भनेर मात्र सुनें । लगातार यस्तै मात्र सुनिरहँदा यो मनभित्रै बस्दो रहेछ ।’

‘खेलाडीलाई अझ राम्रो खेल्ने प्रेरित गर्न त्यसको असर केही हदसम्म राम्रो नै हुँदो हो, तर मानवीय रूपमा यो सधैं राम्रो हुनुपर्छ भन्ने केही रहेनछ,’ हेनरीको निचोड थियो । मोनाकोमा आफ्नो सुरुआती खेलजीवन बिताएका हेनरीको ख्याति भने आर्सनलबाट खेल्दा बढेको हो । उनले युभेन्ट्स र बार्सिलानोबाट पनि खेले । फ्रान्सका लागि १ सय २३ क्याप जितेका हेनरीले खेलाडी जीवनपछि दुई अवसरमा बेल्जियमको सहायक प्रशिक्षक पनि भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...
एनओसी ३० र मन्त्रालय ३१ खेलको जुहारीमा
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...