मुख्य समाचार
उस्ताद राशिद खानको निधन
उस्ताद राशिद खानको निधन

— उस्ताद राशिद खानको निधन भएको छ । भारतीय शास्त्रीय संगीतका चर्चित कलकार खानको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी ५६ वर्षका थिए ।

लामो समयदेखि उनी प्रोटेस्ट क्यान्सरबाट पीडित थिए । बीबीसी हिन्दीका अनुसार उनी १ महिनाभन्दा बढी समयदेखि कोलकाताको एक अस्पतालमा उपचाररत थिए ।

उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उनले सानै उमेरदेखि शास्त्रीय संगीत सिकेका थिए । उनी 'संगीत सम्राट' तानसेन को ३१औं पुस्ताका रूपमा परिचित भएको पनि हिन्दुस्तान टाइम्सले जनाएको छ । 'विलम्बित खयाल'मा महारथ उस्ताद खानले तीन दशकभन्दा बढी समयदेखि शास्त्रीय संगीतप्रेमीलाई मन्त्रमुग्ध पार्दै आएका थिए । उनले सुरुवाती समयमा आफ्नै मावली हजुरबुवा उस्ताद निस्सार हुसेन खानसँग संगीत सिकेका थिए । उनले पद्मश्री, पद्म भूषणका साथै बंगभूषण समेत प्राप्त गरेका थिए ।

उनले 'जब वी मेट' को 'आओगे जब तुम...' र 'माई नेम इज खान' को 'अल्लाह ही रेहम' जस्ता चर्चित गीत गाएका छन् । त्यस्तै उनले 'इश्क', 'मन्टो', 'मौसम', 'कादम्बरी' लगायतका चलचित्रका गीतसमेत गाएका छन् । बडे गुलाम अली खानको रचनामा रहेको 'याद पिया की आये' पनि उनले गाएका छन् जुन धेरैले रुचाएका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उस्ताद खानको निधनमा दु:ख व्यक्त गर्दै हिन्दुस्तानी शास्त्रीय संगीतको महान कलाकार गुमाएको बताएकी छिन् । खानका श्रीमती, दुई छोरी र एक छोरा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...