मुख्य समाचार
दक्षिण कोरियाले कुकुरको मासुमा प्रतिबन्ध लगाउने
दक्षिण कोरियाले कुकुरको मासुमा प्रतिबन्ध लगाउने

— दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । दक्षिण कोरियाली संसद्ले मंगलबार कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो ।

राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन थालिएको हो । मंगलबार पास भएको नयाँ कानुनको लक्ष्य सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले काटेर उसको मासु बिक्रीमा प्रतिबन्ध लगाउने रहेको छ ।

केही वर्षदेखि कोरियामा मन नपराइने परिकारमा कुकुरको मासु पर्दथ्यो । नयाँ कानुनअनुसार कोरियामा अब मासुका लागि कुकुर पाल्न पाइने छैन । कानुन उल्लंघन गर्नेलाई जेल सजायसम्म हुन सक्नेछन् । कुकुर मार्नेलाई ३ वर्षसम्म जेल सजाय हुन सक्नेछ । त्यस्तै मासुका लागि कुकुर पाल्ने वा बेच्नेलाई २ वर्षसम्म जेल सजाय हुने कानुनमा उल्लेख छ ।

किसान र रेस्टुरेन्ट सञ्चालकलाई ३ वर्षभित्रमा रोजगार तथा आम्दानीका लागि वैकल्पिक स्रोत उपलब्ध गराएपछि नयाँ कानुन कार्यान्वयनमा ल्याउने पनि कोरियाली सरकारले उल्लेख गरेको छ । सरकारी पछिल्लो तथ्यांकअनुसार दक्षिण कोरियामा १६०० कुकुरको मासु पाइने रेस्टुरेन्ट र ११५० कुकुर फार्म रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीएनएनले उल्लेख गरेको छ । बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद्‌ भएको छ । टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको ...
। युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो । ‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै ...
। दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य ...
। रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्। बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो। मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी ...
। शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । ‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ’, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ । इस्फहान र तब्रिज ...