मुख्य समाचार
सन्दीप राष्ट्रिय टिमबाट अलग !
सन्दीप राष्ट्रिय टिमबाट अलग !

। क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ -क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्दै छ ।

सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ ।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजायँ हुने निर्णय बुधबार सुनाएको थियो । यो निर्णयपछि सन्दीपले आफ्नो भनाइ क्यानसमक्ष पेश गरिसकेका छन् । उनको भनाइ सार्वजनिक भने भएको छैन ।

सन्दीपका कानुन व्यवसायीहरुले भने जिल्ला अदालतको निर्णयविरुद्ध पुनरावेदनमा जाने बताउँदै आएका छन् ।

क्यानका एक पदाधिकारीको दाबी अनुसार पुनरावेदनको फैसला नआउन्जेल सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमबाट अलग गर्ने निर्णय हुने छ । ‘सन्दीपको सम्बन्धमा क्यानले आज स्टेटमेन्ट दिन्छ,’ उनले भने, ‘क्यानले कानुन बमोजिम नै गर्छ र नैतिकताको कुरा पनि छ ।’

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उजुरी थियो ।

त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए ।

अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गएका थिए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र “ुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर लामिछानेलाई विदेश जान भने रोक लगाइएको थियो ।

लिग टुको खेलका लागि विदेश जान अनुमति माग्दै सन्दीप सर्वोच्च गएका थिए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले १३ पुसमा क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । २५ पुसमा भने जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...
एनओसी ३० र मन्त्रालय ३१ खेलको जुहारीमा
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...