मुख्य समाचार
एन्जेला बासेटसहितलाई मानार्थ ओस्कार अवार्ड प्रदान
एन्जेला बासेटसहितलाई मानार्थ ओस्कार अवार्ड प्रदान

। टिना टर्नरदेखि वाकाण्डाको रानीसम्मको बहुचर्चित भूमिकाको लागि हलिउड अभिनेत्री एन्जेला बासेटलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिएको छ ।

कमेडियन मेल ब्रुक्सले पनि ओस्कारको सुनौलो ट्रफी उचाले । लियोनार्दो डिक्याप्रियो, ब्राड्ली कुपर, नताली पोर्टम्यान सहभागी गभनर्स अवार्डको क्रममा मानार्थ ओस्कार सम्मान प्रदान गरिएको हो ।

ओस्कारको ट्रफी ग्रहण गर्दै अभिनेत्री बासेटले ओस्कार जितेका १० अभिनेत्रीको नाम लिंदै उनीहरुप्रति जित समर्पण गरिन् । फिल्म उद्योगले थप अश्वेत महिलालाई अवसर प्रदान गर्ने आशा उनले व्यक्त गरिन् ।

‘मेरो प्रार्थना छ कि हामीले यो उद्योगलाई हामीले पाएको भन्दा बढी समृद्ध, अग्रगामी सोच र समावेशी बनाएर छोडौं,’ बासेटले उक्त अवसरमा भनिन्, ‘दिनको यो अन्त्यमा हामी सबै उत्कृष्ट, अर्थपूर्ण काम गर्ने अवसर प्राप्त गर्न चाहन्छौं ।’

बासेट दुई प्रतिस्पर्धी ओस्कार अवार्डका लागि मनोनीत भएकी थिइन् । पहिलो सन् १९९३ को ‘ह्वाट्स लभ गट टु डु विथ इट’मा टर्नरको रूपमा उनको ब्रेकआउट भूमिकाको लागि र दोस्रो सन् २०२२ मा ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरएभर’मा क्वीन रामोन्डाको भूमिकाको लागि ।

बासेट र अन्य सम्मानित व्यक्तिलाई एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसका बोर्ड अफ गभर्नरद्वारा चयन गरिएको थियो । आगामी प्रतिस्पर्धी ओस्कार अवार्ड चाहिं आगामी मार्च महिनामा वितरण हुँदैछ ।

९७ वर्षीय लेखक, निर्देशक र अभिनेता ब्रुक्सले सन् १९५० को दशकमा ‘ब्लेजिङ सेडल्स’ र ‘यंग फ्रान्कनस्टाइन’जस्ता फिल्म बनाउनुअघि सिड सिजरको टिभी कार्यक्रमको लागि कमेडी दिनचर्या लेखेर आफ्नो करिअर प्रारम्भ गरेका थिए ।

उनले सन् १९६७ मा फिल्म ‘द प्रोड्युसर्स’को पटकथा लेखनबापत ओस्कार जितेका थिए, जुन पछि नाटकको रुपमा प्रसिद्ध भयो । एकेडेमीले फिल्म सम्पादक क्यारोल लिटलटन र सनडान्स फिल्म फेस्टिभलका कार्यकारी मिशेल सेटरलाई पनि सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...