मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मैदानलाई आफ्नो घरेलु मैदानमा रुपमा प्रयोग गर्न प्रस्ताव
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मैदानलाई आफ्नो घरेलु मैदानमा रुपमा प्रयोग गर्न प्रस्ताव

। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मैदानलाई आफ्नो घरेलु मैदानमा रुपमा प्रयोग गर्न प्रस्ताव गरेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा बलिया तथा टेष्ट राष्ट्रलाई बोलाएर खेल खेल्ने पूर्वाधार नभएका कारण भारतीय मैदानलाई घरेलु मैदानका रुपमा प्रयोग गर्न भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुरा राखेको बताए ।

१९ पुसमा भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाल भ्रमणमा आएका बेला नेपाल क्रिकेट संघका पदाधिकारी र खेलाडीहरुले भेट गरेका थिए । त्यस क्रममा आफूहरुको प्रस्तावमा भारतीय विदेशमन्त्री सकारात्मक रहेका अध्यक्ष चन्दले बताए ।

‘नेपालमा टेष्ट राष्ट्रहरु बोलाएर खेल्ने अवस्था र पूर्वाधार नभएका कारण नेपाल क्रिकेटको विकासका लागि उहाँँले हामीलाई खुल्ला सहयोगको रुपमा मैदान उपलब्ध गराउने कुरा भएको हो’, अध्यक्ष चन्दले अनलाइनखबरसँग भने ।

नेपालमा ठूला देशसँग क्रिकेट खेल्न पर्याप्त पूर्वाधार नहुँदासम्म भारत लगायत विश्वका अन्य राष्ट्रहरुसँग खेल्ने वातावरण बनाउन भारतमा घरेलु मैदानको योजना बनाएको उनको भनाइ छ ।

‘हामी विश्वकप तयारीका के गर्ने, टिमको अभ्यासका लागि के गर्ने, चाँडोभन्दा चाँडो पूर्वाधार कसरी बनाउने, ठूला पूर्वाधार बनाउन के गर्ने भन्ने कुराहरु समावेश गरेर नै हामीले प्रस्ताव तयार गर्ने छौं’, अध्यक्ष चन्दले भने ।

नेपालले १÷२ दिनमै भारतसँग यससम्बन्धी औपचारिक प्रस्ताव राख्ने र नेपालबाट आवतजावत गर्न जुन स्थानमा सहज त्यहीँको मैदान माग गर्ने उनले बताए । भारतमा देहरादुन, नोयडा र लखनउमध्ये कुनै एक मैदानलाई नेपालले होम ग्राउन्डका रुपमा उपयोग गर्ने चाहना राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...
एनओसी ३० र मन्त्रालय ३१ खेलको जुहारीमा
: उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ मा हुनेछ। पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ। पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ...
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...