मुख्य समाचार
नेपालको अर्थतन्त्र सुध्रिने विश्व बैंकको प्रक्षेपण
नेपालको अर्थतन्त्र सुध्रिने विश्व बैंकको प्रक्षेपण

— आगामी वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।


विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको वृद्धि तुलनात्मक रूपमा राम्रो रहने प्रक्षेपण विश्व बैंकले गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको थियो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्ष सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । तर, यस वर्ष कम्तीमा ५ प्रतिशतभन्दा बढी नै आर्थिक वृद्धि हुने अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् । यस्तै राष्ट्र बैंकले पनि चालु आर्थिक वर्ष ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

विश्व बैंकले २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने अनुमान गरेको छ । २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि २०२४ मा २.४ प्रतिशत रहने प्रतिवेदनमा छ । आर्थिक विस्तारका लागि यो दशक परिवर्तनकारी बन्ने अपेक्षा गरिए पनि सुरुका चार आवको वृद्धि ३० वर्षयताकै कमजोर रहेको प्रतिवेदनले औंल्याएको छ ।

सोही अवधिमा विकासोन्मुख देशका आर्थिक वृद्धि ३.९ प्रतिशत कम आय भएका देशका आर्थिक वृद्धि पनि घटेर २०२४ मा ५.५ प्रतिशत हुने अनुमान गरिएको छ । सन् २०२४ मा दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धिमा केही कमी आए पनि माल्दिप्स, श्रीलंका, बंगलादेश, भुटान र पाकिस्तानको आर्थिक वृद्धिदरमा सामान्य सुधार हुने विश्व बैंकको अनुमान छ । आगामी आव भारतको आर्थिक वृद्धि ६.४ प्रतिशत र २०२५/२६ मा ६.५ प्रतिशत पुग्ने अनुमान छ । जबकि २०२३/२४ मा भारतको आर्थिक वृद्धि ६.३ प्रतिशत छ ।

यस्तै, चालु आव बंगलादेशको आर्थिक वृद्धि ५.६ प्रतिशत रहने र आगामी वर्ष ५.८ प्रतिशत पुग्ने अनुमान छ । यस वर्ष माल्दिभ्सको वृद्धिदर ५.२ प्रतिशत रहने र अर्को वर्ष ५.५ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ । यस वर्ष भुटानले ४ प्रतिशत आर्थिक वृद्धि गर्ने र आउँदो वर्ष ४.६ प्रतिशत पुग्ने अनुमान छ ।


यस्तै, श्रीलंका र पाकिस्तानले यस वर्ष समान १.७ प्रतिशतको आर्थिक वृद्धि गर्ने र आगामी वर्ष बढेर समान २.४ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । २०२४ मा दक्षिण एसियाली क्षेत्रको औसत वृद्धि ५.६ प्रतिशत हुने अनुमान छ । सन् २०२५ मा विश्व अर्थतन्त्रको विस्तार सुस्त हुने पनि अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...