मुख्य समाचार
सन् २०२४ मा बेरोजगारी अझ बढ्छ : आईएलओ
सन् २०२४ मा बेरोजगारी अझ बढ्छ : आईएलओ

— अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझ बढ्ने प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ ।

आईएलओले ‘२०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै बढ्दो सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या बढ्ने भन्दै चिन्ता जनाएको छ ।
आईएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएकाले श्रम बजारमा आश्चर्यजनक रूपमा लचिलो भए पनि बहुपक्षीय संकटहरू देखा पर्दा सामाजिक न्याय नपाउने सम्भावनामा बढी नै खतरा हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । २०२२ को तुलनामा २०२३ मा रोजगारदर बढेको थियो । २०२३ मा बेरोजगारदर ५.१ प्रतिशत थियो । यो संख्या बढेर २०२४ मा बेरोजगारदर ५.२ प्रतिशत बढ्ने अनुमान गरिएको छ । यो वर्ष २० लाख नयाँ श्रमिकहरू रोजगारी खोज्न विश्व श्रम बजारमा आउनेछन् ।

आईएलओले अधिकांश २० धनी राष्ट्रहरूमा खर्चयोग्य आयमा गिराउट आउने जनाएको छ । ‘उच्च र निम्न आय भएको देशबीच रोजगार पाउने अवस्थामा निकै अन्तर छ । २०२३ मा उच्च आय भएका देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएका देशमा २०.५ प्रतिशत थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘२०२३ मा उच्च आय भएका देशमा ४.५ प्रतिशत बेरोजगारदर थियो भने निम्न आय भएका देशमा बेरोजगारदर ५.७ प्रतिशत थियो ।’

आईएलओले काम गर्ने गरिबी श्रमिकहरू बढ्ने जनाएको छ । २०२३ मा दैनिक २.१५ डलरभन्दा कम कमाउने कामदारको संख्या बढेर १० लाख पुगेको थियो भने प्रतिदिन ३.६५ डलरभन्दा कम कमाउने श्रमिकहरूको संख्या ८४ लाख पुगेको थियो । ‘आयको असमानता पनि निरन्तर बढिरहेको छ । खर्चयोग्य आम्दानी घट्नुका साथै दिगो आर्थिक पुनःस्थापना हुने अवस्था कमजोर देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...