मुख्य समाचार
अमेरिकामा गत वर्ष धेरै बिक्री हुने एल्बममध्ये के-पपका आधा
अमेरिकामा गत वर्ष धेरै बिक्री हुने एल्बममध्ये के-पपका आधा

। के-पपको दबदबा यतिबेला विश्वव्यापी छ । अमेरिका कोरियाली संगीतको दोस्रो ठूलो अन्तर्राष्ट्रिय बजार बनेको खबर सन् २०२३ मै सार्वजनिक भइसकेको छ ।

दक्षिण कोरियाली पप–कल्चरको यो लोकप्रियता बुझ्न एउटा नयाँ तथ्यांक हेरे पुग्छ । यो तथ्यांकले कसरी के–पप अमेरिकी संगीत उद्योगमाथि प्रभावशाली बन्दैछ भन्ने पुष्टि गर्छ ।

सन् २०२३ मा अमेरिकामा सबैभन्दा बढी बिक्री हुने १० एल्बममध्ये आधा के–पपसँग सम्बन्धित छन् । नयाँ चार्ट डेटाका अनुसार ८ लाख प्रति एल्बम बिक्रीसँगै टेलर स्वीफ्टको १९८९ (टेलर्स भर्सन) यो सूचीको शीर्षस्थानमा छ ।

दोस्रो स्थानमा लोकप्रिय के–पप ब्याण्ड स्ट्रे किड्स छ । अघिल्लो वर्ष यो ब्याण्डको ‘फाइभ स्टार’ एल्बम ५ लाख २० हजार प्रति बिक्री भएको छ । सूचीको चौथो स्थानमा पनि सोही ब्याण्डको एल्बम ‘रक स्टार’ छ, जुन एल्बम अमेरिकामा ३ लाख ८१ हजार प्रति बिक्री भएको छ ।

तेस्रो स्थानमा पनि के–पप ब्याण्ड ‘टीएक्सटी’ छ जसको एल्बम ‘द नेम च्याप्टर : टेम्पेटसन’का ४ लाख ४२ हजार प्रति एल्बम बिक्री भएका छन् । पाँचौं स्थानमा रहेको ‘न्युजिन्स’को एल्बम ‘गेटअप’का ३ लाख ३२ हजार प्रति बिक्री छन् ।

छैटौं स्थानमा ‘ट्वाइस’, सातौंमा ‘सेभेन्टिन’, आठौंमा टेलर स्वीफट, नवौंमा पनि स्वीफ्टको टेलर भर्सन र दशौं स्थानमा बीटीएस गायक जङकुकको ‘गोल्डेन’ एल्बम छन् ।

सन् २०२३ मा चीनलाई उछिन्दै संयुक्त राज्य अमेरिका विश्वकै दोस्रो ठूलो के–पप संगीतको बजार बनेको हो । केही महिनाअघि सार्वजनिक गरिएको तथ्यांकमा गत वर्षको मध्यसम्म पूर्वी एसियाली मुलुक जापान के–पपको सबैभन्दा ठूलो बजार देखिएको छ ।

यो तथ्यांकअनुसार अमेरिकामा कोरियाली पप संगीतको बजार अझै बिस्तार हुँदै गएको देखिन्छ । वर्षको मध्यसम्म अमेरिकाका के–पप एल्बमको निर्यात अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

कोरिया भन्सार सेवाको आयात निर्यात व्यापार तथ्यांकअनुसार यस सन् २०२३ को जनवरीदेखि जुनसम्म एल्बम निर्यातको मात्रा १३२.९३४ मिलियन डलर (करिब १६८.५ अर्ब वन) रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.१ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...