मुख्य समाचार
बार्सिलोनाले स्पेनी सुपरकपको फाइनलमा रियलको सामना गर्ने
बार्सिलोनाले स्पेनी सुपरकपको फाइनलमा रियलको सामना गर्ने

— बार्सिलोनाले स्पेनी सुपरकपको फाइनलमा रियल म्याड्रिडको सामना गर्ने भएको छ । उसले बिहीबार भएको दोस्रो सेमिफाइनलमा ओसासुनालाई २–० ले हरायो । फाइनल आइतबार हुनेछ ।

बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की र लामिन यामलले दोस्रो हाफमा एक-एक गोल गरे । पछिल्लो सिजनको फाइनलमा पनि यिनै दुई टिम भिडेका थिए र त्यस ‘एल क्लासिको’ मा बार्सिलोना विजयी रहेको थियो ।

रियलले यसपल्टको अर्को सेमिफाइनलमा एटलेटिको म्याड्रिडलाई पराजित गरेको थियो । बार्सिलोना कीर्तिमान १४ पल्टको स्पेनी सुपरकप विजेता हो । ओसासुनाविरुद्ध उसले राम्रो सुरुआत लिन सकेन् र पहिलो हाफ गोलरहित बराबरीमै टुंगेको थियो ।

लेवनडोस्कीले ५९ औं मिनेटमा पहिलो गोल गरेपछि यामलले दोस्रो इन्ज्युरी समयमा अर्को गोल थपे । प्रतियोगितामा गत सिजनको स्पेनी ला लिगाको शीर्ष तीनमा रहेका बार्सिलोना, रियल र एटलेटिको तथा कोपा डेल रेको फाइनल खेलेको आसोसुना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ। समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ। ...
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...