मुख्य समाचार
‘डन ३’ मा भिलेनको भूमिकामा देखिंदै इमरान हासमी
‘डन ३’ मा भिलेनको भूमिकामा देखिंदै इमरान हासमी

। बलिउड फ्यानले लामो समयदेखि उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको एउटा सिक्वेल हो, डन ३ । फरहान अख्तर निर्देशित फिल्ममा शाहरुख खानलाई डनको भूमिकामा हेर्न दर्शकले दशकदेखि प्रतीक्षा गरिरहेका थिए ।

तर फ्यानलाई चक्मा दिंदै निर्माताले केही महिनाअघि नै रणवीर सिंहलाई डनको भूमिकामा देखिने घोषणा गरे ।

‘डन’को तेस्रो श्रृंखलाको प्रि-प्रोडक्सनबारे काम भइरहेको छ । यहीबेला फिल्मको कास्टिङलाई लिएर एक नयाँ खबर छ । ‘डन ३’ को कास्टमा एक दमदार बलिउड अभिनेता जोडिंदैछन्, जसलाई दर्शकले सलमान खानको पछिल्लो फिल्म ‘टाइगर ३’ मा भिलेनको भूमिकामा देखेका थिए ।

यति भनेपछि इमरान हासमीको नाम आउने भइहाल्यो । हो, उनै इमरान ‘डन’को नयाँ सिक्वेलमा भिलेनको भूमिकामा देखिन लागेको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् । न्युज-१८ का अनुसार यो फिल्मको खलपात्रमा इमरान देखिने सम्भावना बलियो छ । फ्यानका लागि यो खबर किन पनि महत्वपूर्ण छ भने दुई लोकप्रिय अभिनेतालाई पर्दामा आमनेसामने देख्न पाउनु निकै रमाइलो कुरा हो ।

यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । यद्यपि यसैसाता इमरान निर्देशक अख्तरको कार्यालयबाट बाहिर निस्किंदै गरेको बेला देखिएका थिए । अफिसबाट बाहिरिंदै गर्दा भिडियोमा देखिएका इमरानले हुडी स्टाइलको वेस्टकोट लगाएका छन् । त्यसक्रममा उनले फ्यानसँग कुराकानी पनि गरेका छन् ।

इमरानको पछिल्लो फिल्म ‘टाइगर ३’ ले बक्स अफिसमा कमाल गर्न त सकेन, तर उनको अभिनयको भने मजाले प्रशंसा भयो । ‘डन ३’ को प्रदर्शन सन् २०२५ मा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...