मुख्य समाचार
हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणमा उत्रिए अमेरिका र यूके
हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणमा उत्रिए अमेरिका र यूके

: यूके र अमेरिकी फौजले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले यो रेड सीमा हुथी विद्रोहीले गत नोभेम्बरयता पानीजहाजहरू माथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन्। हुथी विद्रोहीलाई इरानले समर्थन

गरेको बताइन्छ।
यूकेका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गर्दै रोयल एअर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको बताएका छन्। उनले यो हवाई आक्रमण सीमित, अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम भएको बताएका छन्। बाइडनका अनुसार द नेदरल्यान्डस्, अस्ट्रेलिया र बाहरेनले यो मिसनका लागि सहयोग गरेका छन्।

हुथी उप–विदेशमन्त्री हुसेन अल–इजीले खुल्लमखुल्ला आक्रमणको अमेरिका र यूकेले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। एक वरिष्ठ अमेरिकी अधिकारीले हालसम्म हुथीले जबाफी आक्रमण नगरेको बताएका छन्।

आक्रमणको निसाना कहाँ ?

राजधानी सनासहित रेड सीमा हुथीको नियन्त्रणमा रहेको बन्दरगाह र यमनको उत्तर पश्चिमी क्षेत्रमा अवस्थित हुथीको पकड क्षेत्र सद्दामा हमला भएको बताइएको छ। यमनको अधिकांश क्षेत्र नियन्त्रणमा लिएका हुथीले इजरायलतर्फ जाने पानीजहाजहरूलाई निसाना बनाएर आफूहरूले हमासलाई समर्थन गरेको बताउने गरेका छन्।

अमेरिकी युद्धपोतले तोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको र आफ्ना विमानले राजधानी सनासहितका १२ स्थानमा आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। साइप्रसको हवाई अखडाबाट आएका चार वटा आरएएफ टाइफुन जहाजले हुथीका दुई वटा निसानामा आक्रमण गरेको अमेरिकी अधिकारीहरूको दाबी छ। सहज व्यापारको अवस्था सुनिश्चितताका लागि थप कदमहरू चाल्न सकिने चेतावनी अमेरिकी राष्ट्रपति बाइडनले दिएका छन्।

हुथीले सञ्चालन गरेको टेलिभिजन च्यानल अल–मजिराले अमेरिकी अगुवाइमा आक्रमण भएका स्थानहरूको विवरण टेलिग्राममा पोस्ट गरेको छ। उक्त टेलिभिजनका अनुसार सनासहित देशको अन्तर्राष्ट्रिय विमानस्थल रहेको अल–दुलामी हवाई अखडामा पनि हमला भएको छ। आक्रमणको निसाना बनाइएका अन्य स्थानहरूमा सद्दा सहरको पूर्वमा रहेको एउटा क्याम्प, हुदैदा विमानस्थल, ताइज अन्तर्राष्ट्रिय विमानस्थलसहितका स्थान छन्।

हुथी को हुन् ?

यमनको ठूलो भूभाग नियन्त्रणमा लिएका हुथी विद्रोहीले रेड सी हुँदै इजरायल जाने सबै जहाजलाई निसाना बनाउने चेतावनी दिएका छन्। गत नोभेम्बरमा हुथीहरूले इजरेली स्वामित्व जोडिएको एउटा कार्गो जहाज अपहरण गरेका थिए। पछिल्ला दुई महिनामा उनीहरूले रकेट र ड्रोन प्रयोग गरेर धेरै अन्य व्यावसायिक जहाजहरूमा पनि आक्रमण गरेका छन्।

गत अक्टोबर १९ मा गाजामा इजरेली जबाफी कारबाही तीव्र बन्दै गर्दा हुथीले पनि इजरायलतर्फ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका थिए। अमेरिकाले रेड सीमा रहेका आफ्ना केही युद्धपोतहरूले त्यसमध्ये केहीलाई बीचमै नष्ट गरिदिएको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...