मुख्य समाचार
मन्त्रालयका प्रशिक्षार्थी हुँदै फ्रान्सको प्रधानमन्त्री बनेका ३४ वर्षीय एटल, चार कारणले परे म्याक्रोँको रोजाइमा
मन्त्रालयका प्रशिक्षार्थी हुँदै फ्रान्सको प्रधानमन्त्री बनेका ३४ वर्षीय एटल, चार कारणले परे म्याक्रोँको रोजाइमा

। प्रशिक्षार्थीका रुपमा फ्रान्सेली स्वास्थ्य मन्त्रालयमा छिरेका ग्याब्रिएल एटल एक दशकपछि प्रधानमन्त्रीमा विराजमान हुन पुग्नु धेरैका लागि रोचक परिघटना बन्न पुग्यो ।

१७ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका उनी ३४ वर्षको उमेरमा फ्रान्सको दोस्रो सर्वोच्च पदमा पुगेसँगै अहिले सर्वत्र चर्चा छ । आलोचकहरुले भने उग्र दक्षिणपन्थी आन्दोलनको भूमरी एटलले थेग्न नसक्ने भन्दै उनलाई प्रधानमन्त्री बनाउने इम्यानुएल म्याक्रोँको निर्णयको विरोध गरेका छन् ।

विरोधीका आवाजमा विर्को लगाउनेगरी एटल भन्छन्(‘जिम्मेवारीसँगै आउने चुनौती स्वीकार्य छन् । राष्ट्रको सेवाभन्दा ठूलो अरु केही छैन ।’

म्याक्रोँको रोजाइमा एटल किन परे रु बढ्दो महँगी, कमजोर सुशासन, खुला आप्रवासन लगायतमा म्याक्रोँ नेतृत्वको सरकारलाइ चुनौती दिनेगरी चलिरहेको आन्दोलनलाइ के एटलले थेग्लान्रु यी प्रश्नको कसी राख्दै एटलको परिचय सुरु गरौँ ।

गाब्रिएल एटल सन् १९८९ मा फ्रान्सको दक्षिणी गाउँ क्लामार्टमा जन्मिएका हुन् । उनका पिता यभस एटल ट्युनिसियाका सफल चलचित्र निर्माता थिए । उनकी आमा म्येरी कोरिसस पनि चलचित्र उद्योगमै काम गर्थिन् । बाबु(आमा र तीनजना बहिनी सहित ग्याब्रिएल एटल पेरिसमा हुर्किए ।

निजी स्कुलबाट विद्यालय तह सकेका उनले फ्रान्सको प्रतिष्टित विश्वविद्यालयबाट स्नातक गरे । १७ वर्षको उमेरमा उनी राजनीतिमा होमिएका थिए । समाजवादी पार्टीको सदस्य भएका उनले सन् २००७ को राष्ट्रपतीय निर्वाचनमा सेजोलेन रोयललाइ समर्थन जनाए । रोयलको चुनावी अभियानमा एटल निकै सक्रियतापुर्वक होमिएका थिए ।

एटलको साथीकी आमा फ्रान्सको स्वास्थ्य मन्त्री थिइन् । सन् २०१२ मा स्वास्थ्य मन्त्री मेरिओल टरिनले एटललाइ स्वास्थ्य मन्त्रालयमा काम दिइन् । मन्त्रालयमा रहँदै उनले स्थानीय निकायमा समेत काम सुरु गरे । स्थानीय तहमा काम गर्दा उनले स्थानीयसँगको सम्बन्ध बलियो बनाउँदै लगे । सन् २०१६ मा उनले समाजवादी पार्टी त्यागे । त्यसपछि उनी म्याक्रोँले सुरु गरेको अभियानमा सरिक भए । पार्टी छोडेर अभियानमा लागेकै अर्को वर्ष फ्रान्समा चुनाव थियो । सन् २०१७ मा भएको फ्रान्सको तल्लो सदनको चुनावमा उनी निर्वाचित भए ।

२९ वर्षको उमेरमा उनी कनिष्ठ शिक्षामन्त्री बने । कोभिडको समयमा उनी सरकारको प्रवक्ता समेत तोकिए । सन् २०२२ देखि २०२३ मा एटल सहायक अर्थमन्त्री समेत भए । सन् २०२३ जुलाइ उनी शिक्षामन्त्रीमा नियुक्त भए । पूर्ण शक्तिसहितको शिक्षामन्त्री फ्रान्सेली क्याबिनेटमा निकै शक्तिशाली मानिन्छ ।

अब, म्याक्रोँको रोजाइमा उनी पर्नुको कारण केलाऔँ । ३९ वर्षमा राष्ट्रपति बनेका म्याक्रोँले युवा राष्ट्रपतिका रुपमा निकै चर्चा कमाएका थिए । ४६ वर्षको उमेरमा ३४ वर्षका युवालाई आफू पछिको शक्तिशाली पदमा नियुक्त गरेर उनी फेरि चर्चामा आएका छन् । म्याक्रोँले उनलाइ प्रधानमन्त्री बनाउनुका चार कारण छन् ।

पहिलो कारण भनेको एटल फ्रान्समा हरेक घरले चिन्ने युवा पात्र हुन् । कोभिड महामारीको समयमा सरकारको प्रवक्ता भएका नाताले उनलेनै सरकारी नीति र नियमको ब्रिफिङ प्रेस मार्फत गर्थे । दिनदिनै प्रेस ब्रिफिङमा आउने भएकाले एटल घर(घरमा प्रेस मार्फत छाएका थिए । त्यसबखत उनले सरकारको राम्रो बचाउ गरेका थिए । छोटो समयमै धेरै जनतामाझ परिचित भएका कारण एटललाइ म्याक्रोँले छनौट गरेका हुन् ।

उनलाइ छनौट गर्नुको दोस्रो कारण भनेको उनले म्याक्रोँ सरकारबारे गरेको सशक्त बचाउ पनि हो । सन् २०२३ को सुरुवाततिर फ्रान्समा पेन्सन सुधार विधेयकलाइ लिएर निकै ठूलो आन्दोलन भएको थियो । त्यसबखत सरकारनै संकटमा पर्नेगरी आन्दोलन चर्किएको थियो । त्यस्तो जटिल समयमा सरकारको प्रवक्ताको हैसियतमा एटलले कुशल बचाउ गरेका थिए । उनले भनेका थिए(‘पेन्सन सुधार सम्बन्धी नयाँ कानुन टाट पल्टिन लागेको मुलुकलाइ सुधारतर्फ अग्रसर गराउनु हो । मुलकुलाइ टाट बनाउने वा सुधार गर्ने हामीसँग रहेको विकल्प मध्ये हामीले उत्तम विकल्प रोजेका छौँ ।’

संकटको घडीमा एटलले गरेको सरकारको सशक्त बचाउको पुरस्कारका रुपमा उनलाइ जुलाइ २०२३ मा म्याक्रोँले शिक्षा मन्त्री बनाए ।

तेस्रो कारण भनेको विद्यालयमा भड्किरहेका हिंसा अन्त्य गर्ने एटलको दृढताका कारणले पनि म्याक्रोँको छनौटमा उनी परेका हुन् । फ्रान्सकी फस्ट लेडी ब्रिगेटी म्याक्रोँकी पुर्वशिक्षिका हुन् । फ्रान्सका विद्यालयमा बढ्दै गएको हिंसाप्रति उनी निकै चिन्तित छिन् । शिक्षकहरुमाथि विद्यार्थीहरुले गर्ने आक्रमणका घटना फ्रान्समा वृद्धि भइरहेको छ । शिक्षकमाथि हुने हिंसाबारे अहिले फ्रान्समा वृहत बहस भइरहेको छ । आफु स्कुलमा हुँदा भोगेका बुलीका अनुभवबाट एटलले यस्ता गतिविधि पूर्णरुपमा प्रतिबन्ध गर्ने संकल्प गरेका छन् । सुरुमा उनले फ्रान्सेली युवतीहरुले टाउको ढाकिने गरी लगाउने कपडा प्रतिबन्ध गरे । यस कदमपछि उनको ठूलो आलोचना भयो । धार्मिक अभियन्ताहरुले एटलको निकै विरोध जनाए । हिंसा भड्किनुमा त्यस कपडाको कुनै दोष नरहेको उनीहरुको भनाइ थियो । उग्र दक्षिणपन्थीहरुले समेत उनको यस अभियानमा साथ भने दिएका थिए ।

म्याक्रोँले आसन्न चुनावमा युवा मत आकर्षित गर्नका निम्ति पनि एटललाइ प्रधानमन्त्री बनाएका हुन् । म्याक्रोँको सरकारमा एटल निकै लोकप्रिय पात्र हुन् । ‌ओडक्सा नामक संस्थाको सर्वेक्षण अनुसार उनी युवामाझ निकै लोकप्रिय समेत छन् । युरोपेली युनियनका अधिकांश मुलुकमा गत वर्ष भएका निर्वाचनबाट उग्र दक्षिणपन्थीको उदय भएका छन् ।

यो हावाबाट फ्रान्सलाई बचाउनका निम्ति उनले युवा मतदातालाई आफुतर्फ आकर्षित गर्नैपर्नेछ । यसकै निम्ति पनि म्याक्रोँले एटललाइ चुनेको विश्लेषण भइरेहको छ । म्याक्रोँको दल रेनिसा पार्टीका सांसद अलेक्सजेण्डर होएडले पोलिटिकोसँग भनेका छन्(‘युरोपभर चलिरहेको उग्र दक्षिणपन्थी हावाको बेगलाइ फ्रान्सका रोक्नका निमित्त सरकारका कामकारबाही निकै प्रभावकारी बनाउनैपर्छ । यसका निम्ति एटल सक्षम छन् ।’

एलेक्जेण्डरको यो भनाइले म्याक्रोँलाइ उग्र दक्षिणपन्थीको सरकारविरुद्धको अभियानबाट रोक्नका निम्ति एटल सक्षम रहेको दर्शाउँछ ।

कार्यभार सम्हालेसँगै एटलले आफुलाइ प्रधानमन्त्री बनाउने म्याक्रोँको निर्णय युवामाझ आशाको संचारको रुपमा लिनुपर्ने बताएका छन् । आप्रवासी नीति, सुशासन र महँगी नियन्त्रणमा प्रभावकारी काम गर्ने घोषणा समेत उनले गरेका छन् ।

‘म प्रधानमन्त्रीमा नियुक्त भएसँगै युवा प्रधानमन्त्री बनेको भन्दै चौतर्फी आवाज बुलन्द भएको महशुस मैले गरेको छु । मसँग गरिएको आशालाइ निराशामा परिणत हुनदिने छुइँन । निसन्देह स् प्रधानमन्त्रीमा मेरो नियुक्तिले युवाहरुको आत्मविश्वास बढाएको छ । फ्रान्सको सुरक्षा, स्वास्थ्य, शिक्षा तथा सुशासनमा सुधार र सुधारिएको आप्रवासी नीति मेरो प्राथामिकताका विषय हुन्।’

कार्यभार सम्हाल्दैगर्दा उनले दिएको अभिव्यक्तिप्रति खुशी व्यक्त गर्दै म्याक्रोँले एक्समा लेखेका छन्(‘तिम्रो र उर्जा र प्रतिवद्धताप्रति म जानकार छु । मलाइ थाहा छ तिमीले आफुलाइ निक्कै अब्बल साबित गर्नेछौ ।’

म्याक्रोँले राष्ट्रपतिका रुपमा दुइ कार्यकाल शासन गरिसकेका छन् । उनको यस कार्यकाला २०२७ मा सकिँदैछ । संविधानतस् उनी स्वयं तेस्रो कार्यकालका निम्ति उम्मेदवार हुन पाउनेछैनन् । तर आफ्नो दलको उम्मेदवारलाइ २०२७ पछिको चुनावमा राष्ट्रपतिमा निर्वाचित गराउने चाहाना म्याक्रोँमा देखिएको छ ।

भविष्यलाइनै सोचेर म्याक्रोँले एटललाइ प्रधानमन्त्री बनाउने जोखिम उठाएका छन् । कठिनाइको यो घडीमा एटलले गर्ने कार्यसम्पादन कस्तो होला विश्वले नै जोशिया युवा प्रधानमन्त्रीतर्फ नजर डुलाइरहेको छ । समाचार संस्थाहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रीलंकामा शनिबार राष्ट्रपतिको निर्वाचन हुँदैछ। पछिल्लो सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार अनुरा कुमारा दिसानायके दौडमा अगाडि छन्। उनलाई चीन समर्थक भनेर आलोचना गरिन्छ। अनुराले जितेपछि अडानीको प्रोजेक्ट रद्द गर्ने वाचा गरेका छन्। अनुरा बाहेक अन्य तीन ठूला उम्मेदवार पनि राष्ट्रपति पदको प्रतिस्पर्धामा छन्। सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन्। वर्तमान ...
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...