। म्यानचेस्टर युनाइटेडका विंगर जाडोन साञ्चो लोनमा पुरानो क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन् ।
२३ वर्षिय उनले २०२१ जुलाईमा जर्मन क्लब डर्टमन्डबाट ७३ मिलियन पाउन्डमा ओल्ड ट्राफोर्ड गएका थिए ।
म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागसँग विवादका कारण उनले क्लब छोडेका हुन् । क्लबको अभ्यासका क्रममा उनीहरुबीच भएको विवादपछि उनले क्लब छोडेका हुन् ।
उनी लोनमा डर्टमन्ड फर्किन पाउँदा निकै खुसी छन् । उनी भन्छन्, ‘मलाइ मेरो घर फर्किएको अनुभव भएको छ ।’
डर्टमन्ड फर्किएर च्याम्पियनस लिगको लागि क्वालिफाइ गर्न आफू निकै आतुर रहेको उनले बताएका छन् । ‘म आफ्नो टिमका साथीहरुसँग भेट्न र उनीहरुसँगै मैदानमा खेल्न, गोल असिस्ट तथा गोल गर्न र च्याम्पियन्स लिगमा क्लालिफाई गर्न निकै आतुर छु ।’
उनी लोनमा आए पनि उनको लागि डर्टमन्डले ३.५ मिलियन युरो (३ मिलियन पाउन्ड) बराबरको भुक्तानी गर्ने छ ।
साञ्चेजले यसअघि २०१७ मा बुन्डेसलिगा क्लबसँग ४ सिजन बिताएका थिए । जहाँ उनले १३७ खेलमा ५० गोल गरेका थिए । ओल्ड ट्रार्फोडमा भने उनले ८२ खेलमा १२ गोलमात्रै गरे । हाल डर्टमन्ड बुन्डेस लिगामा पाँचौं स्थानमा छ ।