मुख्य समाचार
गड्डाचौकी नाका भएर नेपाल फर्किदै गरेका ३ जनामा कोरोना संक्रमण
गड्डाचौकी नाका भएर नेपाल फर्किदै गरेका ३ जनामा कोरोना संक्रमण

— गड्डाचौकी नाका भएर भारतबाट नेपाल घर फर्किदै गरेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार एण्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो । गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीका अनुसार गड्डाचौकी नाकामा लामो समयपछि पहिलो पटक संक्रमण देखिएको हो ।

उनका अनुसार भारतको हरिद्वार, दिल्ली र पञ्चावबाट आएकाहरुमा संक्रमण देखिएको हो ।

संक्रमण देखिनेमा २ जना कञ्चनपुरको बेलडाडी गाउँपालिका र १ जना भीमदत्त नगरपालिकाका हुन् । उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ । शनिबारदेखि गड्डाचौकी नाकामा परीक्षण बढाइएको हो ।

यसअघिसम्म दैनिक २५/३० जनाको मात्रै परीक्षण भइरहेको थियो । पुस सुरुदेखि नै परीक्षण सुरु गरिएपनि महेन्द्रनगरबाट भारतको दिल्ली र देहरादुनसम्म चल्ने मैत्री बसहरुले नरोक्दा सबैको परीक्षण हुन सकेको थिएन ।

यसैगरि कैलालीको गौरीफण्टा नाकामा पुसयता १८ जनामा संक्रमण देखिएको छ । हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका शुक्रबार १ जनामा संक्रमण देखिएको थियो । त्यसअघि विभिन्न पटक संक्रमण देखिएको छ । गौरीफण्टा नाकामा दैनिक दुई/अढाइ सय जनाको परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए