मुख्य समाचार
एसियन कप : हेर्नलायक पाँच खेलाडी
एसियन कप : हेर्नलायक पाँच खेलाडी

— कतारमा शुक्रबारदेखि एसियन कप फुटबल सुरु भएको छ । लगभग चार सातासम्म चल्ने यो प्रतियोगिताले नयाँ एसियाली च्याम्पियन दिनेछ । कतार प्रतियोगिताको आयोजक मात्र होइन, डिफेन्डिङ च्याम्पियन पनि हो । कतारलाई आफूले जितेको उपाधि रक्षा गर्न कठिन भने हुनेछ । जापान र दक्षिण कोरिया सबैभन्दा बलिया प्रत्याशीका रूपमा रहेका छन् ।

एसियन कप : हेर्नलायक पाँच खेलाडी

जापान प्रतियोगिता इतिहासकै सबैभन्दा सफल टिम पनि हो । सँगै पूर्व विजेताहरू इरान, साउदी अरेबिया र अस्ट्रेलिया पनि उत्तिकै सशक्त रहने छन् । पछिल्लो समय विश्व फुटबलमा एसियाली खेलाडीको आफ्नै अलग प्रभाव छ । यी त्यस्ता पाँच खेलाडी हुन्, जसले यसपल्टको एसियन कपमा विशेष प्रभाव छोड्न सक्छन् । अर्को अर्थमा भन्दा प्रतियोगितामा सबैभन्दा बढी हेर्नलायक खेलाडी हुनेछन् उनीहरू :

सन ह्युङ–मिन (दक्षिण कोरिया)

टोटनहमका दक्षिण कोरियाली कप्तान सन ह्युङ–मिनबारे के नै भन्न आवश्यक छ र ? यी ३१ वर्षीय खेलाडी इंग्लिस प्रिमियर लिगकै एक उत्कृष्ट खेलाडी हुन् । पछिल्लो ५ वर्षमा उनी लगातार एसियाकै बेजोड खेलाडी रहेका छन् । गत सिजन टोटनहमका लागि राम्रो रहेन र उनको आफ्नै खेल पनि उच्च रहेन । तर व्यवस्थापकमा एन्गे पोस्टेकोग्लु आएपछि सबथोक फेरिएको छ । सनले कप्तानी जिम्मेवारी पाएका छन् । अझ अहिले दक्षिण कोरियाको प्रशिक्षकमा जर्मन हस्ती योर्गन क्लिन्समन छन् । उनीसँग सनको तालमेल मिलेको देखिएको छ । नोभेम्बरमा भएको विश्वकप छनोटमा दक्षिण कोरियाले चीनलाई हराउँदा सनले दुई गोल गरेका थिए भने एक गोलमा सहयोगी भूमिका निभाए । विश्वकप २०२२ मा उनको प्रदर्शन उनको आफ्नो प्रतिष्ठाअनुसार रहेन । त्यसैले उनी यसपल्ट कतारमा राम्रो गर्न चाहन्छन् । उनले त्यतिबेला ४ खेलमा कुनै गोल गर्न सकेनन् ।

काओरु मितोमा (जापान)


प्रिमियर लिगमा ब्राइटनका लागि शृंखलाबद्ध ढंगले उत्कृष्ट प्रदर्शन गर्नु अघिसम्म यी विङ्गर काओरु मितोमा लगभग धेरैका लागि अपरिचित जस्तै थिए । सन् २०२१ मा उनी ब्राइटन पुगेका थिए कावासाकी फ्रोन्टेलबाट । तर लगत्तै उनी ऋणमा बेल्जियमको युनियन सेन्ट गिलोसमा खेल्न पुगे । यी २६ वर्षीय खेलाडी माथिल्लो स्तरको फुटबलमा अलिकति ढिलो मात्र आइपुगेका थिए । त्यस अगाडि विश्वविद्यालय विद्यार्थीका रूपमा व्यस्त रहे । २०२२ देखि ब्राइटनबाट खेलेपछि उनले आफूलाई सिद्ध गरे । उनले आफ्नो क्लबका लागि ६५ खेलमा १३ गोलमात्र गरेका छैनन्, १४ गोलमा सहयोगी भूमिका पनि निभाएका छन् । जापानका लागि य विश्व पदुई वर्षअघि डेब्यु गरेका मितोमाले १८ खेलमा ७ गोल गरेका छन् । यसपल्ट उनलाई लिएर एउटै समस्या छ । यो हो उनको घुँडाको चोट । त्यस अर्थमा उनले कम्तीमा सुरुआती एक खेल गुमाउन सक्नेछन् ।

किम मिन–जाए (दक्षिण कोरिया)

यी खेलाडीको उपनाम नै छ, ‘दैत्य’ । बायर्न म्युनिखका किम मिन–जाएको शरीर वास्तवमै भीमकाय देखिन्छ । त्यसलाई सुहाउँदो तरिकाले उनी उत्कृष्ट डिफेन्डरको भूमिकामा पनि खेल्छन् । त्यस अर्थमा उनी दक्षिण कोरियाली टिमका प्रमुख खेलाडी रहे । सेन्ट्रल डिफेन्डरको भूमिकामा उनी कति धेरै सटिक देखिएका छन् भने बलमाथि उनको नियन्त्रण सहज रहेको भान हुन्छ । उनको खेल जीवन भने खासमा उतारचढावपूर्ण नै छ । उनले सुरुमा के–लिगमा खेले । त्यसपछि चीन र टर्की गए । सन् २०२२ मा २७ वर्षीय मिन–जाए फेनरवाचेबाट नेपोली गए र त्यहाँ सिरी ‘ए’ उपाधि जिते । त्यसैले उनी नेपोलीका समर्थकमाझ खुबै लोकप्रिय छन् । फेरि उनी इटाली छाडेर बायर्न पुगे । उनका लागि बायर्नले सन् २०२३ मा ५ करोड युरो तिरेको थियो । बायर्नका लागि भने उनले सुरुदेखि नै नियमित खेल्ने अवसर पाइरहेका छन् ।

सालेम अल डावसारी (साउदी अरेबिया)

सालेम अल डावसारी साउदी अरेबियाका त्यस्ता फुटबल नायक हुन्, जसले २०२२ को विश्वकप आफ्नो देशका लागि सम्झनलायक बनाए । उनले विश्वकपमा साउदी टिमका लागि प्रसिद्ध गोल गरेका थिए । आक्रामक खेलाडीका रूपमा यसै नोभेम्बर मात्रै एसियाली फुटबल महासंघद्वारा वर्ष खेलाडी घोषित उनले अर्जेन्टिनाविरुद्ध प्राप्त सनसनीपूर्ण २–१ को जितमा गोल गरेका थिए । त्यसका लागि उनले बायाँ खुट्टाको मद्दतमा शक्तिशाली प्रहार गरेका थिए । सुरुदेखि यी ३२ वर्षीय खेलाडी एसियाकै एक उत्कृष्ट खेलाडी रहेका छन् । साउदी प्रो–लिगमा पनि उनी हेभिवेट क्लब अल–हिलालबाट खेल्नछन् । २०१८ मा स्पेनको भिल्लारियलमा उनले राम्रै प्रदर्शन गरे । लोनमा त्यहाँ गएका अल डावसारीले रियल म्याड्रिडविरुद्ध २–२ को खेलमा उत्कृष्ट प्रदर्शन गरेर ख्याति कमाएका थिए । एसियाली च्याम्पियन्स लिगमा उज्वेकिस्तानको नाभबाहोरविरुद्ध नोभेम्बरमा उनी दुई अवसरमा पेनाल्टीबाट गोल गर्न चुकेका थिए । तर, उनकै गोलले टिम २–० ले विजयी पनि रह्यो ।

मेहदी तारेमी (इरान)

इरानले १९७६ यता एसियन कप जित्न सकेको छैन । यसपल्ट इरानको चुनौती बलियो छ । यसको एकमात्र कारण हो पोर्टोका स्ट्राइकर मेहदी तारेमी । उनी आफ्नो खेल जीवनकै उच्च लयमा छन् । सन् २०२० मा पोर्चुगाली टोली पोर्टोमा आवद्ध ३१ वर्षीय उनले लगातार पोर्टोबाट गोल गरिरहेका छन् ।

इरानका लागि त उनी नियमित गोलकर्ता नै हुन् । उनको गोल गर्ने औसत नै प्रत्येक खेलमा एक रहेको छ । अधिकांश समय प्रशिक्षकका लागि उनी सजिलो खेलाडी भने होइनन् । विश्वकप २०२२ मा उनलाई दुई खेलबाट ‘ड्रप’ गरिएको थियो । किनभने उनले आफ्ना प्रशिक्षक ड्रागन स्कोकिचको चर्को आलोचना गरेका थिए । उनी कति उच्च स्तरका खेलाडी हुन्, त्यसमा भने कसलाई शंका छैन । जतिबेला उनी रोमाका फरवार्ड सारडर अजमोनसँग आक्रमणमा साझेदारी गर्छन्, त्यो विपक्षी टिमका लागि सधैं कठिन हुने गर्छ । अहिले उनी एसी मिलानको लगातार नजरमा छन् ।

समूह विभाजन

यसपालि एसियन कप फुटबलमा कुल २४ टिमको सहभागिता रहनेछ । ६ समूहमा विभाजन गरिएको छ । लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई टिम अन्तिम १६ मा पुग्नेछन् । त्यसबाहेक प्रत्येक समूहको शीर्ष तीनमा रहने टिममध्ये चारले पनि नकआउट चरणमा प्रवेश पाउनेछ । समूह विभाजन यस्तो छ ः

समूह ‘ए’

कतार, चीन, ताजकिस्तान र लेवनान

समूह ‘बी’

अस्ट्रेलिया, उज्वेकिस्तान, भारत र सिरिया

समूह ‘सी’

इरान, यूएई, हङकङ र प्यालेस्टाइन

समूह ‘डी’

जापान, इन्डोनेसिया, इराक र भियतनाम

समूह ‘ई’

दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन

समूह ‘डी’

साउदी अरेबिया, थाइल्यान्ड, किर्गिस्तान र ओमान

अहिलेसम्मका विजेता

१९५६– दक्षिण कोरिया

१९६०– दक्षिण कोरिया

१९६४– इजरायल

१९६८– इरान

१९७२– इरान

१९७६– इरान

१९८०– कुवेत

१९८४– साउदी अरेबिया

१९८८– साउदी अरेबिया

१९९२– जापान

१९९६– साउदी अरेबिया

२०००– जापान

२००४– जापान

२००८– इराक

२०११– जापान

२०१५– अस्ट्रेलिया

२०१९– कतार

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...