मुख्य समाचार
एसियन कप २०२३ : कतारको सजिलो विजयी सुरुआत
एसियन कप २०२३ : कतारको सजिलो विजयी सुरुआत

— डिफेन्डिङ च्याम्पियन तथा आयोजक देश कतारले एसियन कप २०२३ मा शुक्रबार सजिलो विजयी सुरुआत लिएको छ । उसले लेवनानलाई ३–० ले पराजित गरेको हो । सन् २०२२ को विश्वकप आयोजक पनि रहेको कतारलाई अक्रम आफिफले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएयता अलमोज अलिले कतारको अग्रता दोब्बर बनाए भने तेस्रो गोल फेरि आफिफकै नाममा रह्यो । लुसिल स्टेडियममा भएको खेल ८० हजार समर्थकले भरिएको थियो । तर उनीहरू अन्त्यसम्म भने कायम रहेनन् । कतारले गत महिना मात्रै आफ्ना प्रशिक्षक कार्लोस क्वरेजलाई बर्खास्त गरेको थियो ।

उनको स्थानमा टिनटिन मारक्वेजले टिमको जिम्मेवारी सम्हालेका थिए । सन् २०१९ मा कतारले जापानलाई स्तब्ध पार्दै पहिलो पटक एसियन कप जितेको थियो । कतार तेस्रो पल्ट मात्रै एसियन कप खेल्दैछ । विश्वकपमा भने कतारको प्रदर्शन राम्रो रहेन् र लिग चरणका सबै तीनै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण विराटनगर किङ्सबाटै खेल्ने भएका छन् । विराटनगरले शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै सन्दीपलाई मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको छ । उनी पहिलो सिजन विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ...
। ब्राजिलियन क्लब फ्लुमिनेस फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा साउदी क्लब अल हिलाललाई २–१ ले पराजित गर्दै फ्लुमिनेस अगाडि बढेको हो । अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलियन क्लब फ्लुमिनेसले सशक्त प्रदर्शन गर्दै जित हात पारेको हो। खेलको ४०औं मिनेटमा म्याथियस मार्टिनेलीले पेनाल्टी बक्सबाहिरबाट शानदार लेफ्ट फुटेड शट ...
। इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान भएको क्वाटरफाइनल खेलमा ब्राजिलको पाल्मेइरासलाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम ४ मा स्थान बनाएको हो । चेल्सीको जितमा कोल पाल्मरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पाल्मेइरासका एस्तिभाओले गरेको गोल सान्त्वना बन्यो । खेलको १६औं मिनेटमा पाल्मरले गोल ...
: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ। समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ। ...
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...