मुख्य समाचार
७ वर्ष लगाएर खिचेको दुर्लभ तस्वीर, नासाले समेत दियो पुरस्कार
७ वर्ष लगाएर खिचेको दुर्लभ तस्वीर, नासाले समेत दियो पुरस्कार

सही एंगलबाट एकदम सटिक ढंगले फोटो खिच्नका लागि फोटोग्राफरसँग गज्जबकै दिमाग, सीप तथा शैली आवश्यक पर्दछ । वाह ! भन्ने खालको एउटा कउत्कृष्ट फोटो खिच्नका लागि कहिलेकाही १५/२० मिनेट वा घण्टौंसम्म पनि लाग्नसक्छ । तर, के कुनै तस्वीरलाई ठीक ढंगले खिच्नका लागि ७ वर्षको समय लाग्नसक्ला ? अनि ७ वर्ष लगाएर खिचिएको कुनै तस्वीर कस्तो होला ?

इटालीको टुरिन सहरमा बस्ने भेलेरियो मिनाटो नामका एकजना फोटोग्राफरले एउटा यस्तै कार्य गर्न सफल भए । उनको लक्ष्य नै एउटा दुर्लभ तथा आश्चर्यजनक तस्वीर खिच्नुथियो जसलाई दुनियाँले फोटोग्राफ अफ द डिकेट को रुपमा चिनुन् । यसका लागि उनी एउटा यस्तो खोजमा निस्किए जसमा ६ वर्षको धैर्य र सटिक योजना चाहिएको थियो ।
मिनाटोले सर्वाधिक चर्चित दुईवटा ल्याण्डमार्कसँग पूर्णरुपमा आबद्ध भएको चन्द्रमाको एक तस्वीर आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् ।

तस्वीरमा बेसिलिका अफ सुपरगाको गुम्बजका साथै विशाल मोनविसो पहाडको ठ्याक्कै पछाडि चन्द्रमा देखिन्छ । यो यति सुन्दर र अनौठो दृश्य छ कि उनको तस्वीरलाई नासाले समेत सम्मानित गरेको छ ।



मिनाटोले चन्द्रमाको यो तस्वीर खिच्ने जटिल प्रक्रिया बुझ्नका लागि सन् २०१७ देखि चन्द्रमाको दृश्यका साथै क्षितिजमा गर्ने वारपार तथा मौसमको हलचलको समेत अधययन गरे । उनको सपना प्रायः टुरिनको आकासमा लाग्ने बादलले छोपिदिन्थ्यो । तर उनले कहिल्यै पनि हिम्मत हारेनन् ।

टुरिनस्थित समाचार एजेन्सी कोरिएरे टोरिनोसँग कुराकानी गर्दै मिनाटोले आफ्नो उक्त तस्वीरयात्राका विषयमा बताएका छन् । उनले भनेका छन्, ‘म सुरुमा टुरिनमा र त्यसपछि आसपासका क्षेत्रमा सहरलाई विभिन्न विन्दुतथा दूरीबाट हेर्नका लािग सन् २०१२ देखि छायांकन गरिरहेको छु । एक निश्चित बिन्दुमा मैले सुपरगता तथा मनेविसोको गुम्बजलाई पूर्णरुपमा आबद्ध गर्ने बिन्दुको खोजी सुरु गरें ।

अन्ततः गत डिसेम्बर १५ को बेलुकी ७ बजेको समय आयो र मिनाटोको दृढता र मेहेनत साकार भयो । आकाश सफा भयो र चन्द्रमा ठ्याक्कै त्यस्तो अवस्थामा देखियो जसलाई उनले लामो समयदेखि पर्खिरहेका थिए । आफ्नो क्यामरालार्य तयराी हालमा राखेका मिनाटोले त्यो पलको लाभ उठाए र लाखौंमा एक शटलाई क्यामरामा कैद गरे ।

उक्त अद्धितीय तस्वीरलाई mindset.therapy ले आफ्नो इन्स्टाग्राममा राखेको छ ।

जसमा करिब ४ लाख जनाले मन परेको प्रतिक्रिया जनाएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...